Logo

एनसेल ‘रिचार्जमा चमत्कार’ योजनाको नगद पुरस्कार वितरण, पहिलो हप्ता पाँच ग्राहकलाई जनही दुई लाख

एनसेल ‘रिचार्जमा चमत्कार’ योजनाको नगद पुरस्कार वितरण, पहिलो हप्ता पाँच ग्राहकलाई जनही दुई लाख



काठमाडौं । एनसेलले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफर अन्तर्गत पहिलो हप्ताका पाँच भाग्यशाली मध्येका दुई ग्राहकहरुलाई बिहीबार (मंसिर १२) जनही २ लाख नगद पुरस्कार वितरण गरेको छ ।

आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ देखि संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउँछन् ।

योजनाको पहिलो हप्ता (मंसिर १–७) का पाँच विजेता ग्राहकहरु मध्ये बिहीबार दुई ग्राहकले जनही २ लाख नगद पुरस्कार ग्रहण गरेका छन् । बाँकी विजयी ग्राहकहरुले आवश्यक प्रमणिकरणको प्रक्रिया पश्चात उनीहरुलाई पायक पर्ने नजिकैको एनसेल सेन्टर वा काठमाडौंबाट पुरस्कार ग्रहण गर्न सक्नेछन् ।

पहिलो हप्ताका पाँच विजयी मध्येका एक छिन्चु, सुर्खेतकी मोतिसरा दमाईले एनसेलको सुर्खेतस्थित एनसेल सेन्टरबाट आफुले पाएको नगद २ लाख पुरस्कार बिहीबार एक कार्यक्रम माझ ग्रहण गरेकी छिन् । त्यसैगरी एनसेल सेन्टर वीरगंजबाट बाराका मनोज कुमार यादवले पनि २ लाख पुरस्कार बिहीबार नै ग्रहण गरेका छन् ।

‘एनसेललाई धेरै–धेरै धन्यवाद । यो रकमले म गाउँमा एउटा सानो घडेरी जोड्छु,’ पुरस्कार ग्रहण गरी सकेपछि खुसी हुँदै मोतिसराले भनिन् । त्यस्तैगरी बाराका मनोजले यो रकम आफ्नो बच्चाको शिक्षाका लागि लगानी गर्ने बताए ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १ सय वा सो भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजना संचालन भईरहेको छ । योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहक पनि घोषणा गरिनेछ ।

ग्राहकहरुले १ सय वा त्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक १ सय रुपैयाँ बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले ३ सय ५० रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले ५०० रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् ।

यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ । यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेज मार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ । आवश्यक प्रक्रिया पुर्याई प्रत्येक हप्ताको शुक्रबार भित्र अघिल्लो हप्ताका विजयीहरुलाई नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL