Logo

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’ योजना, प्याक सकिएपछि पैसा नकाटिकन डाटा अनएक्टिभ हुने

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’ योजना, प्याक सकिएपछि पैसा नकाटिकन डाटा अनएक्टिभ हुने



काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुका लागि नयाँ ‘मेरो प्लान’ योजना सार्वजनिक गरेको छ । कम्पनीले आजै (बुधबार) देखि लागु हुनेगरी अब कुनै पनि समय बिना कुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सकिने गरी उक्त योजना सार्वजनिक गरेको हो ।

laxmi

कम्पनीले आफ्ना प्रिपेड ग्राहकका लागि ल्याएको नयाँ योजना अन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् । उक्त योजना अन्तर्गत प्लान १ सय ९९, प्लान २ सय ९९, प्लान ४ सय ९९, प्लान ७ सय ९९ र प्लान ९ सय ९९ गरी ५ वटा प्लानहरु रहेका छन् । यी प्लानहरु अन्तर्गत ग्राहकले प्लानको समयावधि रहुन्जेल अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्न सक्नेछन् ।

यस बाहेक, यी प्लानहरु अन्तर्गत ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्क भित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् । यो योजनाको प्रमुख विषेशता भनेको प्रत्येक प्लानमा बण्डलिङ गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफैं डेटा बन्द हुने सुविधा हो । ग्राहकले तत्काल मेरो प्लान प्रयोगकर्ताहरुका लागि विषेश रुपमा तयार गरेको थप डेटा प्याक लिई सेवाको प्रयोग गर्न सक्नेछन् ।

ग्राकहले कर सहित २ सय ५४ दशमलव १० रुपैयाँमा १ जिबी डेटा भोल्युम र कर सहित मात्र १ दशमलव २८ रुपैयाँ प्रति मिनेटमा एनसेल नेटवर्क भित्र कल गर्न सकिने प्लान १ सय ९९ लिन सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयावधि अगाडिनै सकिएमा ग्राहकले कर सहित मात्र ८९ दशमलव ३८ रुपैयाँमा थप १ जिबी प्याक सुचारु गरी सुलभ दरमा डेटा सेवाको मजा लिन सक्नेछन् ।

प्लान २ सय ९९ अन्तर्गत ग्राहकले ३ जिबी डेटा भोल्युम र १ दशमलव १५ रुपैयाँ प्रति मिनेट अन नेट भ्वाइस सेवा ३ सय ८१ दशमलव ७९ मा सुचारु गर्न सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयसिमा अगाडिनै सकिएमा ग्राहकले मात्र १ सय २७ दशमलव ६९ मा थप २ जिबी प्याक सुचारु गर्न सक्नेछन् ।

आफ्नो आवश्यकता अनुसार ग्राहकले पाँच मध्ये कुनै पनि एक प्लान लिन सक्नेछन् । यस योजना अन्तर्गत ग्राहकका लागि ६ जिबी डेटा भोल्युम रहेको प्लान ४ सय ९९ र १५ जिबी डेटा रहेको प्लान प्लान ७ सय ९९ पनि रहेका छन् । ग्राहकले ६ सय ३७ दशमलव १७ रुपैयाँमा प्लान ४ सय ९९ लिन सक्छन् ।

यो प्लानमा मात्र १ दशमलव ०२ रुपैयाँ प्रति मिनेटमा भ्वाइस सेवाको प्रयोग गर्न सकिन्छ र प्लानमा भएको डेटाको भोल्युम सकिएपछि ग्राहकले थप ३ जिबि डेटाको प्याक १ सय ९१ दशमलव ५४ मा खरिद गर्न सक्नेछन् । त्यस्तै प्लान ७ सय ९९ अन्तर्गत १ हजार २० दशमलव २४ रुपैयाँमा १५ जिबीका साथै ८९ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवा लिन सकिन्छ । यो प्लानमा भएको डेटा भोल्युम समयावधि अगावै सकिएमा ग्राहकले मात्र ३ सय ८३ दशमलव ०७ मा थप ७ जिबी डेटा भोल्युम लिन सक्नेछन् ।

मासिक रुपमा बढि डेटाको आवश्यकता रहेका ग्राहकहरुका लाथि एनसेलले प्लान ९ सय ९९ पनि ल्याएको छ । यस अन्तर्गत ग्राहकले मात्र १ हजार २ सय ७५ दशमलव ६२ मा २५ जिबी डेटा र मात्र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । उतm प्लानमा भएको डेटा भोल्युम समयावधि अगाडी नै सकिएमा प्लानमा रहेका ग्राहकले मात्र ५ सय १० दशमलव ७६ मा थप १० जिबी डेटा खरिद गर्न सक्नेछन् ।

हरेक प्लान अन्तर्गतको डेटा भोल्युम र सेवाहरुकोे प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ र पाँच मध्य कुनै पनि प्लान सुचारु गर्ने ग्राहकले कर सहित मात्र रु ०.६४ मा एनसेल नेटवर्क भित्र एसएमएस पठाउँन सक्नेछन् । त्यसैगरी थप डेटा प्याकमा भएका डेटा भोल्युमको समयावधि ७ दिनको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL