Logo

४ करोड १३ लाख पुगे मोबाईल प्रयोगकर्ता, सेवामा टेलिकम अघि अघि एनसेल पछि पछि

४ करोड १३ लाख पुगे मोबाईल प्रयोगकर्ता, सेवामा टेलिकम अघि अघि एनसेल पछि पछि



काठमाडौं । नेपालमा मोबाईल सेवा प्रयोग गर्नेको संख्या ४ करोड १३ लाख पुगेको छ । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको गत असार सम्मको एमआईएस प्रतिवेदन अनुसार मोबाईल प्रयोगकर्ताको संख्या ४ करोड १३ लाख ९५ हजार ७ सय १४ पुगेको हो ।

पछिल्लो समय नेपालको जनसंख्या भन्दा बढि मोबाईल सेवा प्रयोगकर्ता बढ्दा सरकारी स्वामित्वको नेपाल टेलिकमले भने एउटै प्रयोगकर्ताले २ भन्दा बढि सिमकार्ड प्रयोग गर्नाले यो समस्या आएको जानकारी दिएको छ ।

तसर्थ मोबाईल सेवा प्रयोगकर्ताको जम्मा संख्यामा नेपाल टेलिकमका ग्राहक २ करोड १८ लाख ९८ हजार जना रहेका छन । यस्तै निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक एनसेलको पनि मोबाईल सेवामा १ करोड ६६ लाख ३७ हजार जना आवद्ध छन ।

उसो त नेपाल टेलिकमले मोबाईल सेवामा जिएसएम र सिडीएमए मार्फत सेवा प्रदान गरिरहँदा एनसेलले भने जिएसएममार्फत मात्रै सेवा प्रदान गरिरहेको छ । नेपाल टेलिकमले पनि अव सिडीएमए सेवा पुर्ण रुपमा हटाउने प्रक्रिया थालेको जानकारी दिएको छ ।

यस्तै तेस्रो स्थानमा रहेको स्मार्टसेलका मोबाईल सेवाका ग्राहक २० लाख ६० हजार जना रहेका छन । नेपाल टेलिकम मोबाईल सेवामा मात्रै नभएर मोबाईल ब्रोडब्याण्डमा एनसेलभन्दा पनि करिव १५ लाखले अघि छ । एमआईएस प्रतिवेदनका अनुसार नेपाल टेलिकमका मोबाईल ब्रोडब्याण्ड ग्राहकको संख्या ८२ लाख ५८ हजार १ सय ९३ छ । जहा एनसेलको भने ६७ लाख ६९ हजार ९६ रहेको छ । टेलिकम प्रायजसो सेवामा एनसेलभन्दा अघि रहेपनि फोरजी सेवामा भने आफ्नो गति बढाउन सकेको देखिदैन ।

एनसेलका फोरजी प्रयोगकर्ता हाल २९ लाख ३० हजार पुग्दा नेपाल टेलिकमका भने जम्मा ८ लाख प्रयोगकर्ता रहेका छन । नेपाल दूरसंचार प्राधिकरणको प्रतिवेदन अनुसार नेपाल टेलिकम फोरजी बाहेक सबै सेवामा एनसेलभन्दा अघि छ । यसको मार्केट सेयर पनि एनसेलभन्दा बढि नै छ ।

प्रतिक्रिया दिनुहोस्
MBL