Logo

एनसेलले ल्यायो द्वुत गतिको राउटर र डङगोल, एकैपटक १० जनाले चलाउन मिल्ने

एनसेलले ल्यायो द्वुत गतिको राउटर र डङगोल, एकैपटक १० जनाले चलाउन मिल्ने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२१ जेठ, काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले भुकम्प पश्चातको राहत र पुनर्निर्माण कार्यलाई सघाउन दु्रत गतिको इन्टरनेट सेवा प्रदान गर्ने वायरलेस राउटर तथा डङगोल उपलब्ध गराएको छ ।

आफ्ना ग्राहकको संचार सहज बनाउन प्रत्येक डिभाईसमा ५ सय एम बी डेटा पनि बोनस स्वरुप प्रदान गरिरहेको छ । वायरलेस राउटर तथा डङगोल सबै एनसेल सेन्टर, एनसेल शप तथा आधिकारीक बिक्रि केन्द्रहरुमा उपलब्ध छन् ।

एनसेलले उपलब्ध गराइरहेको यी इन्टरनेट डिभाइसहरुले २१ दशमलव ६ एमबीपिएस को डाउनलोड स्पिड तथा ५ दशमलव ७६ एमबीपिएस को अपलोड स्पिडका साथ इन्टरनेट चलाउन सकिन्छ । वायरलेस राउटरबाट एकै पटकमा १० जना सम्मले ईन्टरनेट चलाउन सक्नेछन् । साथै यसमा ६ घण्टासम्मको ब्याट्रि ब्याकअप रहेको छ । यी उपकरणहरु विन्डोज र आइओएस अपरेटिङ सिस्टममा चलाउन सकिन्छ । ईन्टरनेटको गति भने सो ठाउँमा उपलब्ध डेटा स्पिड तथा वाह्य वातावरणमा भर पर्नेछ ।

‘प्राकृतिक विपत पश्चातको परिस्थितिमा ईन्टरनेटको उपलब्धताले राहत तथा पुनर्निर्माण कार्यलाई गति दिन महत्वपूर्ण योगदान गर्ने विभिन्न मुलुकका अनुभवले देखाएको छ,’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने, ‘त्यसैले विद्यमान परिस्थिति तथा ग्राहकको डेटा मागलाई हृदयंगम गर्दै हामीले यी द्रुत गतिको डेटा उपकरणहरु उपलब्ध गराएका हौं ।’

डङगोलको मुल्य कर सहित २ हजार ६ सय ९९ रुपैयाँ पर्नेछ भने वायरलेस राउटरको कर सहित ५ हजार ३ सय ९९ रुपैयाँ पर्नेछ । एनसेलको डेटा सिम प्रयोग गरिरहेका ग्राहकले बोनस वापत प्राप्त हुने ५ सय एमबी डेटा एनसेल सेन्टरबाट आफ्नै विद्यमान नम्बरमा पनि प्राप्त गर्न सक्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL