Logo

साउन २७ र २८ गते युवा उद्यमशीलता सम्मेलन हुँदै, सह आयोजकमा आइएमई फाउण्डेसन

साउन २७ र २८ गते युवा उद्यमशीलता सम्मेलन हुँदै, सह आयोजकमा आइएमई फाउण्डेसन



काठमाडौं । आगामी साउन २७ र २८ गते काठमाडौंमा नेपाल युवा उद्यमशिलता सम्मेलन आयोजना हुने भएको छ । युवा उद्यमशिलताको आकर्षणलाई ध्यानमा राखेर आगामी साउनमा युवा दिवसको अवसर पारेर उक्त सम्मेलन आयोजना हुने भएको हो ।

laxmi

उक्त सम्मेलनको सह आयोजकको रुपमा भने आइएमई फाउण्डेसन रहने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवस अगष्ट १२ को अवसर पारेर आयोजित उक्त सम्मेलनमा नेपाल सरकार अन्तरगर्तको राष्ट्रिय युवा परिषद्, प्रदेश नम्वर ३ सरकारको उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्रालय र बिशाल मिडिया ग्रुप आयोजकका रुपमा र आइएमई फाउण्डेसन सह—आयोजकका रुपमा रहने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्मेलनमा सह—आयोजक रहने सम्वन्धमा बिहिवार आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल र सम्मेलन मुल आयोजक समितिका संयोजक बिशाल गैरेले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।

समझदारी पत्रमा हस्ताक्षर गर्दै आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सम्मेलनले उद्यमशीलताका नविनतम् अवसरको खोजी गर्ने, नयाँ स्टार्टप कम्पनीलाई प्रोत्साहन गर्ने र उद्यमशीलताको सोच भएका तर लगानीका लागि प्रर्याप्त पुँजी नभएका युवाहरुका लागि लगानीबारे लगानीकर्तासँग छलफल गर्न उपयुक्त प्लेटफर्म प्रदान बताएका छन ।

सम्मेलन मुल आयोजक समितिका संयोजक बिशाल गैरेले प्रादेशिक संरचनाभित्र युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिबारे बहस गरी निति निर्मातालाई सचेत गराउने, युवा उद्यमीहरुका सफलताका कथाहरु आदानप्रदान गर्ने र देशभरका उद्यमी बन्न चाहने युवालाई उत्प्रेरण दिने दृष्टिकोणले उक्त सम्मेलन सफल रहने बिश्वास व्यक्त गरेका छन ।

उक्त सम्मेलनको खुला सत्रमा करिव ३ हजार युवा उद्यमीहरु सहभागी हुने तथा बन्द सत्रमा देशभरका ७७ जिल्लाबाट सहभागी ५ सय युवा उद्यमीहरुको सहभागीता रहने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL