Logo

काठमाडौंका १६३ स्थानमा वर्ल्डलिंकको निशुल्क वाईफाई, कहिले पुग्ला १० हजार स्थानमा ?

काठमाडौंका १६३ स्थानमा वर्ल्डलिंकको निशुल्क वाईफाई, कहिले पुग्ला १० हजार स्थानमा ?



काठमाडौं । ईन्टरनेट सेवाप्रदायक वल्र्डलिंकले काठमाडौं उपत्यकाका १ सय ६३ स्थानमा निशुल्क वाईफाई सेवा प्रदान गरेको छ । संस्थाले पछिल्लो समय सार्वजनिक स्थल, पार्टी, धार्मिक स्थल, सरकारी कार्यालय लगायतका स्थानमा निशुल्क वाईफाई जडान गरेको हो ।

laxmi

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न सरकारी कार्यालय र सार्वजनिक स्थानमा निशुल्क वाईफाई सेवा उपलब्ध गराउने उद्देश्य अनुसार हालसम्म १ सय ६३ स्थानमा जडान गरिएको कम्पनीका निर्देशक लक्ष्मण यादवले जानकारी दिए ।

उनका अनुसार कम्पनीले नै मर्मतसम्भार गरिदिने सहमति सहित विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक स्थलहरुमा निशुल्क वाईफाई प्रदान गरिएको होे । ‘हामीले आफ्नो फाईदाका लागि भन्दा पनि जनताको सहजताका लागि उक्त सेवाको सुरु गरेका हौं,’ उनले भने, ‘मानिसहरु धेरै जम्मा हुने ठाउँमा र सरकारी कार्यालयहरुमा धेरै कुर्नुपर्ने समयको सदुपयोग गराउनका लागि निशुल्क वाईफाईको व्यवस्था गरेका हाँै ।’

कम्पनीले जडान गरेका विभिन्न स्थानको वााईफाईको मर्मत सम्भार तथा त्रुटीहरुको समाधान पनि कम्पनी आफैले गर्ने जानकारी दिएको छ । कम्पनीले नेपालभरका विभिन्न १० हजार सार्वजनिक स्थानमा निशुल्क वाईफाई सेवा जडान गर्ने घोषणा अघिल्लो बर्ष मात्रै गरेको थियो ।

कम्पनीले काठमाडौंमा पनि अन्य कतिपय स्थनमा निशुल्क वाईफाई जडान गर्न बाँकी रहेको जानकारी दिएको छ । कम्पनीले प्रदान गरेको वाईफाई निश्चित समयका लागि मात्रै चलाउन मिल्छ ।

कम्पनीले देशभरका १० हजार सार्वजनिक स्थानमा निशुल्क वाईफाई जडान गर्ने योजना अन्तर्गत विभिन्न तहका सरकारी कार्यालयहरु, विमानस्थल लगायत अन्य सार्वजनिक स्थलहरु पर्दछन । जसमध्ये हाल कम्पनीले पोखरा, काठमाडौं लगायतका विमानस्थलमा भने निशुल्क वाईफाई जडान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL