Logo

एनसेलबाट मासिक प्रतिसिम १ सय ४१ मिनेट कुराकानी, ग्राहक संख्या १ करोड २१ लाख

एनसेलबाट मासिक प्रतिसिम १ सय ४१ मिनेट कुराकानी, ग्राहक संख्या १ करोड २१ लाख


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
१० बैशाख,काठमाडौं । एनसेलको प्रतिसिम मोबाइलमार्फत हुने कुराकानी बढेको छ । एनसेलको एउटा सिमबाट मासिक औसतमा १ सय ४१ मिनेट कुराकानी हुने गरेको छ । एनसेलको प्यारेन्टस् कम्पनी टेलियासोनेराले हालै सार्वजनिक गरेको पहिलो त्रैमासको प्रगती विवरणमा यस्तो उल्लेख छ । यो अघिल्लो आवको सोहि अवधिको तुलनामा २ मिनेटले बढी हो ।

सन् २०१४ को पहिलो त्रैमासमा एनसेलको प्रतिसिम मासिक औसत कुराकानी १ सय ३९ मिनेट रहेको थियो ।

त्यस्तै पहिलो त्रैमासमा एनसेलको प्रतिसिम मासिक औसत कुराकानी १ सय ४१ मिनेट रहेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१५को पहिलो त्रैमासमा एनसेलको नाफा साढे ४१ प्रतिशतले बढेको सो प्रतिवेदनमा उल्लेख छ । एनसेलले गत जनवरी देखि मार्चसम्ममा ६८ करोड १० लाख स्वीडिस क्रोन (७ अर्ब ८५ करोड ८७ लाख रुपैयाँ) सञ्चालन नाफा आर्जन गरेको हो ।
उक्त नाफा अघिल्लो वर्ष सन् २०१४ को सोही अवधिको भन्दा ४१ दशमलव ४ प्रतिशतले बढी भएको टेलियासोनेराले जानकारी दिएको छ । एनसेलले अघिल्लो वर्षको पहिलो त्रैमासमा एनसेलले ४८ करोड १० लाख स्वीडिस क्रोन आर्जन गरेको थियो । एनसेलको ग्राहक संख्या तथा सेवा विक्रीमा आएको बृद्धिद्धरले नापाm बढेको बताइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार हाल एनसेलका ग्राहक संख्या १ करोड २१ लाख २ हजार पुगेका छन् । जुन नेपालका कुल टेलिफोन प्रयोगकर्ताको ४६ प्रतिशत हो ।

टेलियासोनेराले एनसेललाई उच्च वृद्धि तथा नाफादायक कम्पनी भएको उल्लेख गरेको छ । एनसेलको ग्राहकसंख्या, खुद विक्री, नाफा तथा प्रतिसिम मासिक औसत कुराकानी समेत बढ्नुलाई टेलियासोनेराले बलिलो वृद्धि (स्ट्रोङ ग्रोथ)कारुपमा हेरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL