Logo

टेलिकमले क्रिकेट टीमलाई प्रायोजन गर्ने, संघलाई बार्षिक ८५ लाख सहयोगको सम्झौता

टेलिकमले क्रिकेट टीमलाई प्रायोजन गर्ने, संघलाई बार्षिक ८५ लाख सहयोगको सम्झौता


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२३ चैत,काठमाडौं । नेपाल टेलिकमले सिनियर राष्ट्रिय पुरुष र महिला क्रिकेट टिम तथा टी –२० क्रिकेट ट्रफीको प्रायोजन गर्ने भएको छ । सोमबार एक कार्यक्रमबीच टेलिकम र नेपाल क्रिकेट संघबीच यस्तो सम्झौता भएको हो । सो अवसरमा नेपाल टेलिकमका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र नेपाल क्रिकेट संघका कार्यवाहक अध्यक्ष दीपक कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपाल टेलिकम सिनियर राष्ट्रिय पुरुष क्रिकेट टिम र सिनियर राष्ट्रिय महिला क्रिकेट टिमको एक मात्र प्रायोजक रहनेछ । एक मात्र प्रायोजकको हैसियतले पुरुष र महिला दुवै सिनियर राष्ट्रिय क्रिकेट टिम स्वतः नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर हुनेछन् । नेपाल टेलिकमले नेपाल क्रिकेट संघलाई प्रायोजन गरे वापत बाािर्षक रुपमा कर बाहेक एकमुष्ट रु. ८५ लाख उपलब्ध गराउनेछ ।

ntc-can

त्यसैगरी टेलिकमको प्रायोजनमा नेपाल क्रिकेट संघले प्रत्येक वर्ष २०–२० ढाँचामा क्रिकेट टुर्नामेन्ट सञ्चालन गर्नेछ । यो टुर्नामेन्टको नाम नेपाल टेलिकम च्याम्पियनसिप ट्रफी हुनेछ ।

नेपाल टेलिकमले नेपाल क्रिकेट संघलाई प्रतिवर्ष क्रिकेट टुर्नामेन्ट गराउन कर वाहेक रु. ७० लाख उपलब्ध बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This