Logo

एप्पल अब ट्रिलियन डलर कम्पनी, विश्वकै सबैभन्दा ठुलो कम्पनी पनि एप्पलकै नाममा

एप्पल अब ट्रिलियन डलर कम्पनी, विश्वकै सबैभन्दा ठुलो कम्पनी पनि एप्पलकै नाममा



काठमाडौ । बिहीबार एप्पल कम्पनीको मार्केट प्राइस एकाएक १० खर्ब अमेरिकन डलर पुग्यो यससंगै एप्पल अब सन्सारकै सबैभन्दा ठुुलो कम्पनी हुन पनि सफल भएको छ । बिहीबार विहान ९ बजे एकाएक एप्पलले  प्रतिसेयर आम्दानी २ सय ७ दशमलव जिरो ५ डलर पुर्याउन सफल भएको छ ।

जसले कम्पनीको बजार मूल्य १० खर्ब डलर पुग्न सफल बनायो ।

बिहीबार बजारमा सेयर कारोबार भईरहदा अन्तिममा भने सेयर २ दशमलव ९ प्रतिशतमा पुग्योे जसले आईफोन निर्माता कम्पनीलाई उक्त स्तरमा पुग्न सहयोग पुग्यो ।

यसले एप्पललाई विश्वका १५ धनी देशको जिडीपी बराबरको मूल्यमा पुर्यायो । र सिआईए वल्र्ड फ्याक्टबुक(विश्वका १० खर्ब डलर भन्दा बढी जिडिपी भएका १५ धनि देशहरु समेटिएको) २०१७ को रेकर्ड तोड्यो ।

साथै यो सार्वजनिक कम्पनीको मूल्य १३ अंकमा पुगेको पनि दोस्रो पटक हो । २००७ मा पेट्रो चाईना, तेल र ग्याँस कम्पनीले सांघाइ स्टक एक्सचेन्जमा केही समयको लागि टप १० खर्ब डलरमा पुगेका थिए ।

कम्पनी पछिल्लो केही बर्ष भने नराम्रो स्थितीमा फसेको थियो । कम्पनीका आईफोन विश्वमै सबैभन्दा धेरै बेचिएका मोबाईल भित्र पर्दछन ।

पछिल्लो बर्ष कम्पनीले ‘आईफोन एक्स’ तीन बर्ष एताकै मूख्य डिजाइन ल्यायो । उक्त फोनमार्फत मोबाईलको भविष्य भनिएको फेस आईडि प्रविधि भित्र्याएसंगै पहिले रहेको टच आईडी विस्थापन गर्यो । ३ नोभेम्वरदेखि यो विश्वमै सवैभन्दा धेरै बेचिएको मोबाईल पनि भयो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL