Logo

मालिकाले भित्र्यायो नयाँ प्रविधि, स्मार्ट कार्डहरु अव नेपालमै छापिने

मालिकाले भित्र्यायो नयाँ प्रविधि, स्मार्ट कार्डहरु अव नेपालमै छापिने



काठमाडौं । अव नेपालमै विभिन्न किसीमका स्मार्ट कार्डहरु छापीने भएका छन । मालिका इन्कर्पाेरेट प्रालिले नेपालमा विभिन्न किसीका स्मार्ट कार्डहरु प्रिन्ट गर्ने नयाँ प्रविधि भित्र्याएको छ ।

कम्पनीका अनुसार आफुले भित्र्याएको नयाँ प्रविधि मार्फत स्मार्ट लाइसेन्स, एटीएम, लगायतका डिजिटल स्मार्ट कार्ड उत्पादन गर्न सकिन्छ ।

साथै कम्पनीले आफ्नो सो प्रविधिबाट छापिएका स्मार्ट कार्डहरु भरपर्दा, टिकाउ र गुणस्तरीय हुने जानकारी दिएको छ ।उक्त प्रविधिका माध्यमबाट स्मार्ट लाइसेन्स बितरणमा भईरहेको ढिलासुस्तीको अन्त्य हुने कम्पनीको धारणा छ ।

कम्पनीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माले स्वास्थ्य, यातायात, शिक्षा, बैंकिगं क्षेत्रमा सो प्रविधिले सहयोग गर्ने जानकारी दिए । साथै उनले अटोमेशन प्रविधि सुरक्षाका साथै भ्रष्टाचार नियन्त्रणमा लाभदायक हुने बताएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL