Logo

कृत्रिम बौद्धिकताले नेपालीको जागिर खोस्दैन, विकासमा ‘कनेक्ट’ गर्न सुझाव

कृत्रिम बौद्धिकताले नेपालीको जागिर खोस्दैन, विकासमा ‘कनेक्ट’ गर्न सुझाव



काठमाडौं । विश्वमा एआई (आर्टिफिसीयल इन्टेलिजेन्स) अर्थात कृत्रिम बौद्धिकताले रोजगारीको समस्या निम्त्याउछ भन्ने कुराले चर्चा पाईरहेको बेला नेपालमा भने यसले असर नगर्ने बताइएको छ ।

नेपालमा झन यसले बौद्धिक रोजगारी सिर्जना हुने बताइएको छ । विश्व दुरसंचार तथा सुचना समाज दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै वाइज् याक कम्पनीका अध्यक्ष डा.हेमन्त शर्माले नेपालमा एआइ भित्रिदा कामदारलाइ कुनै किसीमको असर नपर्ने जानकारी दिएका हुन ।

उनले नेपालमा एआइको राम्रो प्रभाव भएमा बौद्धिक रोजगार बढ्ने पनि बताए । यसका साथै कार्यक्रममा बोल्दै सुचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले एआइले नेपालमा दिगो विकाशको लागि ठुलो सहयोग पुग्ने भएपनि हाम्रो रहनसहन र संस्कृती भने परिवर्तन गर्न नसकिने जानकारी दिए ।

यसका साथै उनले नेपालमा एआइ अर्थात कृत्रिम बौद्धिकतालाइ भित्र्याइ विकाशका सहजता ल्याउन सरकार पुर्ण रुपमा लाग्ने जानकारी दिए । विश्वमा एआइले तिव्र रुपमा रोजगारी खोस्नुका साथै बेरोजगारीको सिर्जना पनि उत्तिकै गर्ने चर्चाले शिखर चुमेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL