Logo

बाग्लुङमा एनसेलको नयाँ सेन्टर, रिचार्जमा बोनस दिइने

बाग्लुङमा एनसेलको नयाँ सेन्टर, रिचार्जमा बोनस दिइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१५ फागुन, काठमाडौं । एनसेलले बागलुङमा एनसेल सेन्टर स्थापना गरेको छ । आफ्ना ग्राहकहरुलाई स्थानिय शहरबाटै सहज रुपमा पूर्ण सेवा प्रदान गर्ने क्रममा महेन्द्रपथ, लोकतान्त्रिकचोकमा सेन्टर स्थापना गरेको हो ।

सेन्टरको एनसेलका कार्यकारी प्रमुख एरिम टाईलानलरर वरिष्ठ प्रहरी उपरिक्षक शुवास चन्द्र चौधरीले संयुक्त रुपमा उद्दघाटन गरे । कार्यक्रममा जिल्लाका विशिष्ट सरकारी अधिकारीहरु, व्यवसायीलगायतको उपस्थिति रहेको थियो ।

एनसेल सेन्टरबाट ग्राहकले नयाँ सिम लिन तथा सिम परिवर्तन सुविधाका साथै, जिपिआरएस, अन्तर्राट्रिय रोमिङ्ग, विस्तृत कलविवरण, रकम ट्रान्सफर, बिल भुक्तानीलगायत सुविधा प्राप्त गर्नेछन् । यसले ग्राहकलाई एनसेलका सेवा तथा सुविधाहरुको बारेमा जानकारी लिन तथा छिटो तथा छरितो सेवा प्राप्तगर्न सहयोग गर्ने एनसेल काकार्यकारी प्रमुख एरिम टाईलानलरले बताए ।

नयाँ सेन्टरको स्थापनाको अवसरमा एनसेलले सो सेन्टरबाट १सय रुपैयाँ वा सो भन्दा बढिको रिचार्ज कार्डको खरिदमा बोनस व्यालेन्स प्रदान गरेको छ । यस अन्तर्गत ग्राहकले रु १ सय को रिचार्जमा रु १० बोनस, रु २ सयको रिचार्जमा रु १५ रु ३ सयको रिचार्जमा रु २५, रु ५ सय को रिचार्जमा रु ५० बनेस पाउने छन् ।

त्यस्तै रु १००० को रिचार्जमा रु १सय बोनस पाउने बताइएको छ । ग्राहकहरुले उक्त बोनस एनसेल नेटवर्क भित्र प्रयोग गर्न सक्नेछन् । योजना फागुन २८ गते सम्म खरिद गरिएका रिचार्जमा बोनस रिचार्ज गरिएको ७ दिन सम्म मान्य हुनेछ ।

यसको साथै फागुन २१ गते सम्म मान्य हुन ेगरि एक हप्ताका लगि सो सेन्टरबाट प्रो प्लान अन्तर्गत सिम खरिद गर्ने ग्राहकहरुलाई निःशुल्क एक्टिभेसन गर्न सक्ने सुविधा पनि प्रदान गरेको छ ।

हाल एनसेलको देशभर २५ ओटा सेन्टर सञ्चालनमा छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL