Logo

निषेधाज्ञा जारी भएका क्षेत्रमा बैंकका शाखा कार्यालयहरु बन्द

निषेधाज्ञा जारी भएका क्षेत्रमा बैंकका शाखा कार्यालयहरु बन्द



काठमाडौं । मंगलबार निषेधाज्ञा जारी भएका क्षेत्रका बैंकका शाखा कार्यालयहरु बन्द रहेका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले निषेधाज्ञा जारी भएका क्षेत्रमा र आसपासका स्थानमा बैंकका शाखा बन्द रहेको जानकारी दिए । उनले बिजखबरलाई भने, ‘निषेधाज्ञा जारी भएको क्षेत्रमा बैंकका शाखा नखोल्ने निर्णय भएको छ । सोहीअनुसार ती स्थानका शाखा बन्द भएका छन् । साथै, निषेधाज्ञा नभएका स्थानमा पनि कर्मचारीहरु अन्यत्रबाट जानुपर्ने भएकाले शाखा खोल्न सम्भव नहुने देखिएको छ ।’

जेनजीको प्रदर्शन रोक्न प्रशासनले काठमाडौं उपत्यकाको चक्रपथभित्र निषेधाज्ञा जारी गरेको छ भने देशका विभिन्न सहरमा पनि कफ्र्यु लगाइएको छ ।सोमबारको प्रदर्शनमा राज्यले हिंसात्मक कदम चाल्दा १९ जनाको मृत्यु भएको छ भने सयौं युवा घाइते बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्