Logo

दक्षिण एशियाली टेलिकम नियामकहरुको बैठक सम्पन्न, साइबर सुरक्षा,स्पेक्ट्रमलगायतबारे छलफल

दक्षिण एशियाली टेलिकम नियामकहरुको बैठक सम्पन्न, साइबर सुरक्षा,स्पेक्ट्रमलगायतबारे छलफल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दक्षिण एशियाली क्षेत्रमा दूरसञ्चारसेवा प्रदायक निकायहरुको नियमन गर्ने संस्थाहरुको काउन्सिल (साउथ एशियन टेलिकम्युनिकेशन रेगुलेटर्स काउन्सिल) को १८ औं बैठक बिहीबार सम्पन्न भएको छ ।

मंगलबारदेखि शुरु बैठकमा नेपालसहित यस क्षेत्रका नौ राष्ट्रका दूरसञ्चारका नियामक निकायका प्रमुख तथा सूचना तथा सञ्चार मन्त्रालयसित सम्बन्धित प्रतिनिधिको सहभागिता छ ।

बैठकको उद्दघाटन सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले गरेका थिए । उक्त बैठकले दक्षिण एशियाली दूरसञ्चार नियामक काउन्सिलको अध्यक्षमा प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई चयन समेत गरेको छ।

कार्यक्रममा आगामी बर्षमा गरिने कामको बारेमा छलफल भएको थियो । साथै प्रविधि पूर्वाधार विकासको अवस्था र चुनौती, फाईभ जी, इन्टरनेट अफ थिंग्स, स्पेक्ट्रम, साइबर सुरक्षा, उपभोक्ता सुरक्षलगायतबारे छलफल भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL