Logo

विदेशबाट आउने कलमा टेलिकमकै नम्बर देखाउँछ? अवैध कलबाट सचेत हुनुहोस

विदेशबाट आउने कलमा टेलिकमकै नम्बर देखाउँछ? अवैध कलबाट सचेत हुनुहोस


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विदेशबाट फोन आउँदा नेपाल टेलिकमको नम्बर देखाएको छ भने तुरुन्त सम्पर्क गर्न सेवाग्राहीलाई आग्रह गरेको छ ।

हाल विदेशबाट टेलिफोन कल आउँदा अवैद्य मार्गबाट समेत आउने गरेको भन्दै १८८ नम्बरमा फोन गरी नम्बर टिपाउन भनेको हो ।

साथै सो नम्बरमा फोन गर्दा शुल्क नलाग्ने व्यवस्था टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । ‘ठगी गर्ने नियतले ‘चिठ्ठा परेको’ भन्दै केही दिन यता विभिन्न सेवाग्राहीलाई गरिएका कलहरुमा समेत यस्ता नम्बर प्रयोग भएको पाइएको छ,’ उनले भनिन् ‘त्यस्ता अवैध कलहरु नियन्त्रण गर्न आवश्यक देखिएको हुँदा यसतर्फ कम्पनीले थप सक्रियता बढाएको हो ।’

यसबाट नेपाल टेलिकमका ग्राहकहरु गुणस्तरीय सेवा प्राप्त गर्नबाट बञ्चित हुनुको साथै यस कम्पनी र सरकारको राजश्वमा समेत असर पर्ने भएकाले यसतर्फ सचेत रहन आग्रह गरिएको उनले जानकारी दिइन् ।

‘नेपाल टेलिकमका मोवाइल तथा ल्याण्डलाइन फोनमा विदेशबाट कल आउँदा नेपाल टेलिकमकै मोबाइल नम्बर देखिएमा यस्तो कल अवैध मार्गबाट आएको हुन्छ’ उनले भनिन् ।

यसरी आएको कलको गुणस्तर कमजोर हुनुको साथै राजस्व समेत छलिएको हुन्छ ।

विदेशबाट कल गर्ने व्यक्तिको टेलिफोन नम्बर ट्रयाक गर्न कठिन हुने भएकोले त्यस्ता कलमार्फत विभिन्न प्रकारका अवाञ्छित गतिविधि हुने खतरा हुने टेलिकमले बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL