Logo

ह्याकरको कब्जामा विश्वकै ठुलो बैंक ‘आइसीबीसी’, यस्तो छ आक्रमणको नालीबेली

ह्याकरको कब्जामा विश्वकै ठुलो बैंक ‘आइसीबीसी’, यस्तो छ आक्रमणको नालीबेली



काठमाडौं । चीनको इन्डस्ट्रीयल एण्ड कमर्सीयल बैंक अफ चाईना लिमिटेड(आइसीबीसी) ह्याक भएको छ । अघिल्लो बर्ष बोईङ, आइओएन, बेलायतको रोयल मेललगायतका कम्पनी ह्याक गरेकै समुहले आइसीबीसी ह्याक गरेको खुलेको छ ।

laxmi

आइसीबीसीको अमेरिकास्थित ईकाईमा लकबीट नामक ह्याकर समुहले र्यानसमवेयर अट्याक गर्दा धेरैजसो कामहरु गर्न असजिलो भएको छ । आईसीबीसीको अमेरिका युनिट एसेटका आधारमा विश्वकै सबैभन्दा ठुलो कर्जा प्रवाह गर्ने बैंक हो ।

हालसम्म ह्याकरको समुहले बैंकको तथ्यांकहरु भने सार्वजनिक गरिसकेको छैन । तर, अमेरिकी ट्रेजररी मार्केटमा केहि भुक्तानीको समस्या भने देखिएको छ । यद्यपी उक्त समुहले बैंकसँग कति फिरौति मागेको भन्नेबारे बैंकले खुलासा गरेको छैन ।
लकबीट नामक रुसी ह्याकरहरुको समुहले पीडितको कम्प्युटरमा र्यान्समवेयर नामक सफ्टवेयरमार्फत फाईल इन्क्रीप्ट गर्ने गर्दछ । पछि त्यसलाई अनलक गर्नका लागि पैसा माग्ने कार्य उक्त समुहले गर्दै आएको छ ।

अघिल्लो बर्ष आइओएनको साईट पनि यहि समुहले ह्याक गरेको थियो । बिहीबार आइसीबीसीले नै एक विज्ञप्ती जारी गर्दै आफ्नो साईटमा केहि समस्या आएको दावी गरेको थियो । त्यसकार रिकभरीका लागि लगातार प्रयास गरिरहेको कम्पनीले जानकारी दिएको छ । केहि हप्ता अघि मात्रै उक्त समुहले बोईङका हवाईजहाजका पार्टहरु विक्री गर्ने साईट पनि ह्याक गरेर आफ्नो कब्जामा लिएको थियो ।

नोभेम्बर २ सम्म तोकिएको रकम बुझाउन ताकेता गरेको थियो । सोही अनुसार उक्त अपराधी समुहले जापानको सबैभन्दा ठुलो बन्दरगाह मेरिटियम पोर्टको साईट, बेलायतको रोयल मेल, क्यालीफोर्नीयाको वित्त विभाग र क्यानडाको बालबालिका होस्टेलको साईट पनि ह्याक गरेको थियो । र्यान्समवेयर एकप्रकारको कम्प्युटर भाइरस हो । ह्याकरहरूले कम्प्युटरलाई कब्जामा लिइ त्यसमा रहेका दस्तावेज र प्रोगाममाथि कब्जा जमाउने र त्यसबाट मुक्तिका लागि मोटो रकम फिरौती लिने गरिन्छ । यही अपराधलाई र्यान्समवेवेयर भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL