Logo

के हो रसियालाई प्रतिबन्ध लगाइको ‘स्विफ्ट प्रणाली ? कसरी रुसको बैकिङ प्रणाली विश्वसँग बिच्छेद भयो ?

के हो रसियालाई प्रतिबन्ध लगाइको ‘स्विफ्ट प्रणाली ? कसरी रुसको बैकिङ प्रणाली विश्वसँग बिच्छेद भयो ?



काठमाडौं । युक्रेनमा रुसी आक्रमणसँगै अहिले विश्व नै त्रासको अवस्थामा छ । यो अवस्थामा विश्वका विभिन्न राष्ट्रहरुले रुसलाई विभिन्न आर्थिक प्रतिबन्धहरु जारी गरिरहेका छन् । युक्रेनले पनि रुसलाई रोक्न सबै देशलाई कदम चाल्न अपिल गरेको छ ।

laxmi

रुसको आक्रमणपछि बाल्टिक देशका विदेशमन्त्रीहरूले रुसमाथि ‘स्विफ्ट’ अर्थात् ‘सोसाइटी फर वर्ल्डवाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन’ मा प्रतिबन्ध लगाउन माग गरेका थिए । जसअनुसार अहिले रुसलाई स्विफ्ट प्रणालीबाट कारोबार गर्न प्रबिन्ध लगाइएको छ । युद्धविराम नभएसम्म रुसलाई यो सुविधा उपलब्ध गराउन नहुने परराष्ट्रमन्त्रीहरुले बताएका छन् । त्यसो भए यो स्विफ्ट सुविधा के हो जसलाई प्रतिबन्ध लगाउँदा रसियालाई भट्का लाग्न सक्छ।

स्विफ्ट प्रणाली के हो ?

वास्तवमा स्विफ्ट एउटा कोड हो। जसरी तपाईले नेपालभित्र बैंकिङ ट्रान्जेक्सन गर्नुहुन्छ, तपाईले एउटा कोड कोड भर्नुपर्छ, त्यसैगरी यदि तपाईले विदेशबाट पैसा पठाउनुहुन्छ वा प्राप्त गर्नुहुन्छ भने तपाईले SWIFT कोड प्रयोग गर्नुपर्नेछ। स्विफ्ट कोड अन्तर्राष्ट्रिय कारोबारमा बैंक र शाखा पहिचान गर्न प्रयोग गरिन्छ।

यसको पूरा नाम सोसाइटी फर वर्ल्डवाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन हो । तपाईं यसको नामबाट पनि अनुमान गर्न सक्नुहुन्छ कि यो कोड बैंकहरूको अन्तर्राष्ट्रिय कारोबारमा प्रयोग गरिन्छ। SWIFT CODE मा ८ देखि ११ अंकको कोड हुन्छ। यसमा बैंकको नाम, बैंक कुन देशमा रहेको छ त्यसको पूर्ण जानकारी, बैंकको स्थान जानकारी, बैंकको शाखा जानकारी पनि उल्लेख गरिएको छ। यो सन् १९७३ मा TELEX को प्रतिस्थापन गर्न मा स्थापित भएको थियो। २०० भन्दा बढी देशका ११ हजारभन्दा बढी वित्तीय संस्थाहरूले स्विफ्टबाटै भुक्तानी अर्डर पठाउँछन्। स्विफ्टबाहेक अरु कुनै विकल्प नभएको कारणले गर्दा यो ग्लोबल फाइनान्सका लागि निकै महत्वपूर्ण साबित भएको छ ।

रुसमाथि प्रतिबन्ध

क्ध्क्ष्ँत् को मुख्यालय बेल्जियम मा छ र २६ जनाको बोर्डद्वारा शासित छ। यो बेल्जियम कानूनअन्तर्गत आउँछ र इयूको नियमहरूको पालना गर्नुपर्छ। यदि कुनै देशले अन्तर्राष्ट्रिय कारोबार गर्नुपर्यो भने स्विफ्ट कोडविना सम्भव छैन। युक्रेन युद्धपछि रुसमा यो स्विफ्ट कोड प्रणाली प्रतिबन्ध लगाइएको छ । यससँगै रुसलाई विदेशी मुद्रा प्राप्त हुँदैन । वित्तीय संस्थाहरूले रूस भित्र वा बाहिर पैसा पठाउन बन्द गरेका छन् । यसका कारण रूसी कम्पनीहरू र तिनीहरूका ग्राहकहरूले ठूलो समस्याको सामना गर्नुपरेको छ ।

अब के हुन्छ ?

रुसको बारेमा भनिएको छ कि हाल रुसको आफ्नै भुक्तानी प्रणाली एसपीएफएस छ । जसबाट हाल २० प्रतिशत घरेलु ट्रान्सफर एसपीएफएस मार्फत हुन्छ र स्विफ्ट प्रतिबन्धित पछि चीनको क्रस बोर्डर अन्तरबैंक भुक्तानी अर्को विकल्प प्रदान गर्न सक्ने बताइएको छ । अर्कोतर्फ क्रिप्टोकरेन्सीको विकल्प बाँकी छ। विज्ञहरुका अनुसार तर, यी विकल्पहरु व्यावहारिक छैनन् । जसका कारण रुसले ठूलो धक्का बेहोर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL