Logo

साइवर सुरक्षा कार्यशाला हुँदै , १ सेकेण्डमा १२ जना साइवर अपराधको सिकार

साइवर सुरक्षा कार्यशाला हुँदै , १ सेकेण्डमा १२ जना साइवर अपराधको सिकार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
२० माघ ,काठमाडौं । हरेक एक सेकेण्डमा १२ जना साइवर अपराधको सिकार बन्ने गरेका छन् । एक बर्षमा ४० लाखजना सो अपराधको सिकार बन्ने गरेको तथ्य सार्वजनिक भएको छ । मंगलवार विज्ञान प्रविधि मन्त्रालय र माइक्रोसफ्टले आयोजना गरेको  एक कार्यक्रममा सो जानकारी दिइएको हो ।

laxmi

साइवर अपराधिहरुले साना तथा मझौला व्यवसायलाई लक्षित गरिरहेका हुने तथ्यमा उल्लेख छ । हामीले प्रयोग गर्ने  मोवाइल फोन,ल्यापटप डेस्कजस्ता प्रविधि यो साइवर अपराधीहरुका लागि खुल्ला खेलमैदान जस्तो भएको विज्ञहरुले बताएका थिए । साथै जुनसुकै बेला पनि साइवर अपराधिले आक्रमण गर्न सक्ने भएकोले संयमितता अपनाउन सल्लाह दिएका थिए ।

साइवर अपराध जुन ह्याकिङको नामबाट परिचित छ यो उद्योग नै बनिसके छ । सवै मन्त्रालयहरुमा साइवर सुरक्षा सम्वन्धि जनचेतना फैलाउने उद्देश्यका साथ आयोजित कार्यशालामा विभिन्न विज्ञहरुले आफ्नो धारणा राखेका थिए ।

सो अवसरमा विज्ञान तथा प्रविधि मन्त्रालयका  सुचनाप्रविधि विभागका निर्देशक विरेन्द्र मिश्रले यो कार्यशालाले ज्ञान आदानप्रदान,विकास र सुचना प्रविधिको जानकारी दिन मदत पुग्ने बताए । साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट सुचनाप्रविधिका ज्ञान लिनेअवसर मिलेको बताए । साइवर अपराधमा कस्तो अपराधी  कहाँ बसेर ह्याक गरीरहेको छ पत्ता लगाउन गाह्रा हुने उनले जानकारी दिए ।

‘ विश्वको कुनै पनि कुनामा बसेर बोटनेटको माध्यमबाट कम्प्युटरका डाटा ह्याक गर्न सक्नेभएकोले आफ्नो देशलाई साइवर अपराधबाट कसरी बचाउने सोच्नु आजको आवश्यकता हो ’  उनले भने । सो अवसरमा दक्षिण पूर्वी एसिया का कर्पोरेट अधिवक्ता  शालीनी रातवत्तीले सुचना प्रविधि  विभागको सोच प्रशंशनिय भएको बताए । मन्त्रालयले माइक्रोसफ्टसँग मिलेर  ‘माइक्रोसफ्ट साइवर सुरक्षा र क्लाउड सोलुसन कार्यशाला’  आयोजना गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL