Logo

क्यान इन्फोटेकमा विन्डोज बिक्री गरिदै , माइक्रोसफ्टका कर्मचारीले तालीम दिने

क्यान इन्फोटेकमा विन्डोज बिक्री गरिदै , माइक्रोसफ्टका कर्मचारीले तालीम दिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१३ माघ ,काठमाडौं ।  टेलिटक प्रालिले क्यान इन्फोटेकमा विन्डोज फोन विक्री गर्ने भएको छ । बुधवारदेखि राजधानीको भृकुटीमण्डपमा हुने क्यान इन्फोटेकमा सो फोन विक्री गर्ने भएको हो । कलर्सले माइक्रोसफ्टसँग सहकार्य गरेर विन्डोज फोन ल्याएको हो ।
क्यान इन्फोटेकबाट सो फोन वुकिङ गर्न सकिने बताइएको छ । हाल माइक्रोसफ्टका प्रतिनिधि नेपालमा छन् । सोमबार कलर्सले आयोजना गरेको भेटघाटमा सहभागी उनीहरुले नेपालका एप्स डेभलपर,विद्यार्थी तथा आइटीसँग चासो राख्नेहरुसँग विभिन्न अन्तरक्रियात्म कार्यक्रम गर्ने बताइएको छ । त्यस्तै माइक्रोसफ्टका वरिष्ठ कर्मचारीहरुले सेल्स पर्सन तथा खुद्रा विक्रेताहरुका लागि सीप तालीम पनि सञ्चालन गर्ने भएका छन् । कम्पनी कलर्सको नेपालका लागि आधिकारीक विक्रेता हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL