काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्ल्याटफर्ममा पहुँच बनाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै सरकारले गरेको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणमार्फत मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई ती सञ्जालहरूको पहुँच अवरुद्ध गराउन निर्देशन दिइसकिएको जानकारी दिएको हो । त्यस्ता अवरुद्ध प्ल्याटफर्ममा पहुँचका लागि असुरक्षित, अनाधिकृत र जोखिमयुक्त भीपीएन प्रयोग नगर्नरनगराउन अनुरोध गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।
२२ भदौसम्म स्मार्ट आइडिया प्रालि (हाम्रो पात्रो) र ग्लोबल डायरी प्रालि सूचीकरण भई सक्रिय भइसकेको मन्त्रालयले जनाएको छ । यससँगै सामाजिक सञ्जाल ट्वीटर (एक्स) र वीच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेको र सो विवरण सरकारमार्फत उपलब्ध गराइसकिएको जानकारीसमेत मन्त्रालयले दिएको छ ।
