काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङ दोहोरिएका छन् । खालिङलाई आगामी ४ वर्षका लागि पुनः नियुक्त गरिएको हो । बैंकको आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले खालिङलाई पुनः सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको ४ वर्षे कार्यकाल आउँदो असोज ७ गते सकिँदैछ । उनी अहिलेको कार्यकाल सकिएको भोलिपल्ट अर्थात् असोज ८ गतेदेखि लागू हुने गरी पुनः ४ वर्षका लागि सीईओमा नियुक्त हुनेछन् ।