काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुई–पाङ्ग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा भव्य उद्घाटन समारोहसहित सुरु भएको छ। भदौ २२ देखि २७ गतेसम्म सञ्चालन हुने यस महोत्सवमा बाइक तथा स्कुटरप्रेमीहरूले आफ्नो पुरानो सवारी साधनलाई नयाँ यामाहामा अपग्रेड गर्ने विशेष अवसर पाउनेछन्।
उक्त फेस्टमा ग्राहकले कुनै पनि ब्रान्डको बाइक वा स्कुटर एक्सचेन्ज गर्न सक्नेछन्। एक्सचेन्जमा न्यूनतम पचास हजार रुपैयाँसम्म मूल्याङ्कन, अन्य ब्रान्डमा न्यूनतम पच्चीस हजार रुपैयाँ मूल्याङ्कन (कर म्याद पूरा भएको), साथै अतिरिक्त दश हजार रुपैयाँ बोनस पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। त्यस्तै, सात दशमलव नवनव प्रतिशत ब्याजदरमा ग्यारेन्टर विना फाइनान्स सुविधा र नगद छुट एक लाख रुपैयाँसम्मको अफर उपलब्ध छ।
फेस्टमा सहभागीहरूले नयाँ बाइक वा स्कुटर खरिद गर्दा निःशुल्क हेल्मेट प्राप्त गर्नेछन् भने भाग्यशाली विजेताले ‘राइड द ब्लु विथ रोडिज’ अनुभव गर्ने अवसर पनि पाउनेछन्। यामाहाले यस फेस्टमा आर–पन्ध्र भी–चार, एम–टी–पन्ध्र भी–दुई, एफ–जेड भी–तीन डिलक्स, रे–जेडआर १२५ एफ–आइ हाइब्रिड, एरोक्स १५५ लगायतका मोडेल प्रदर्शनीमा राखेको छ।
यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले कार्यक्रममा भने, “यामाहा ब्लु फेस्ट केवल एक्सचेन्ज मात्र होइन, यो राइडिङ संस्कृतिको उत्सव हो। हामी ग्राहकलाई यात्रा मात्रै नभई भावना, शैली र प्रदर्शनको अनुभव दिन प्रतिबद्ध छौं।”
यामाहाको सत्तरी वर्षको नवप्रवर्तन र उत्कृष्टताको परम्पराअनुरूप आयोजना गरिएको ब्लु फेस्टमा विभिन्न रमाइलो गतिविधिसँगै अविश्वसनीय अफरसमेत राखिएको छ। कम्पनीले सबै दुई–पाङ्ग्रेप्रेमीलाई जय नेपाल पुगेर फेस्टमा सहभागी हुन आह्वान गरेको छ।