Logo

सामाजिक संजाल नियमन निर्देशिका राजपत्रमा प्रकाशित, ३ महिनाभित्र फेसबुकलगायत प्लेटफर्म दर्ता नभए नचल्ने

सामाजिक संजाल नियमन निर्देशिका राजपत्रमा प्रकाशित, ३ महिनाभित्र फेसबुकलगायत प्लेटफर्म दर्ता नभए नचल्ने



काठमाडौं । सरकारले सामाजिक संजालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० राजपत्रमा प्रकाशित गरेको छ । यससँगै यो निर्देशिका पुर्ण रुपमा कार्यान्वयनमा आएको छ ।

laxmi

यससँगै अब नेपालमा संचालन भईरहेका फेसबुक, एक्स, लिंक्डईनजस्ता सामजिक संजाल प्लेटफर्महरु ३ महिनाभित्र संचार तथा सूचना प्रविधि मन्त्रालयमा सूचिकृत हुनुपर्ने भएको छ । निर्देशिका अनुसार यसरी नेपालमा संचालनमा यसअघि नै आईसकेका सामाजिक संजाल प्लेटफर्महरु अबको ३ महिनाभित्र सूचीकृत हुनुपर्ने र नयाँ सामाजिक संजाल सूचीकृत भईसकेपछि मात्रै संचालनमा ल्याउने पाईने व्यवस्था छ ।

यसका लागि सामाजिक संजाल प्लेटफर्मका प्रतिनिधि स्वयं मन्त्रालयमा उपस्थित भएर या अनलाईनमार्फत पनि सूचीकरण हुन सकिने निर्देशिकामा उल्लेछ । यसरी सूचीकरण नभए सरकारले यस्ता सामाजिक संजाल प्लेटफर्मलाई संचालनमा प्रतिवन्ध लगाउन सक्ने व्यवस्था गरिएको छ ।

यस्तै यस्तो सूचीकरण सामाजिक संजाल प्लेटफर्मले प्रत्येक ३–३ बर्षमा अध्यावधिक गराउनुपर्ने व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।

निर्देशिकाले सामाजिक संजाल प्रयोगकर्ताले फेक आईडी खोल्न नहुने, अरुका कन्टेन्ट सेयर गर्न नहुने, जभाभावी कमेन्ट गर्नसमेत नहुनेलगायतको व्यवस्था गरिएको छ ।

निर्देशिकाले समाजमा विद्वेस, घृणा र वैमनस्यता फैलाउने पोस्टहरु सेयर गर्न नपाईने व्यवस्थासमेत गरेको छ । यस्ता कन्टेन्टहरु २४ घण्टामै अटो डिलेट हुने अल्गोरिदमको निर्माण सामाजिक संजाल प्लेटफर्मले गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL