Logo

टेलिकमको शिवरात्री अफर, ७५ रुपैयाँमा १ सय एमवी डाटा र १ सय एमवी युट्युव डाटा बोनस

टेलिकमको शिवरात्री अफर, ७५ रुपैयाँमा १ सय एमवी डाटा र १ सय एमवी युट्युव डाटा बोनस


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले शिवरात्रीको अवसरमा फेष्टिवल अफर सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत डाटा बन्डल प्याकेजमा रु. ७५ मा १ सय एमवी डाटा र बोनसका रुपमा १ सय एमवी नै यु टु्युव डाटा प्याक उपलब्ध गराएको  छ ।

यो डाटा १५ दिनसम्म प्रयोग गर्न सकिने छ । यस्तैगरी रु.१ सय ५० मा २ सय एमवी डाटा र वोनसको रुपमा २ सय एमवी नै यु टु्युव डाटा प्याक उपलब्ध गराएको टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । यी दुवै डाटा प्याक ३० दिनसम्म २४ सै घण्टा प्रयोग गर्न सकिने उनले बताइन् ।

टेलिकमका अनुसार १ सय एमवीका लागि यु १०० र २ सय एमवीका लागि यु २०० टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्छ । त्यस्तै फेसवुक प्याकेज अन्तर्गत २२ रुपैयाँमा ५ दिनका लागि १ सय एमवी फेसवुक प्याकेज पनि उपलब्ध गराएको छ । यो सेवा प्रयोग गर्न फेसवुक टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्छ । यो अफर शुक्रवारदेखि लागु हुने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL