Logo

बढी बिल भुक्तानी गर्ने ग्राहकलाई टेलिकमको सम्मान, पोष्टपेडमा सूर्य नेपाल, ल्याण्डलाइनमा ग्राण्डी

बढी बिल भुक्तानी गर्ने ग्राहकलाई टेलिकमको सम्मान, पोष्टपेडमा सूर्य नेपाल, ल्याण्डलाइनमा ग्राण्डी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमले बढी विल भुक्तानी गर्ने ग्राहकलाई सम्मान गरेको छ । टेलिकमले आफ्नो तेह्रौ वार्षिक उत्सवको अवसरमा आर्थिक वर्ष २०७२/७३ मा बढी विल भुक्तानी गर्ने सेवाग्रहीलाई सम्मान गरेको हो । कम्पनीले आफ्नो सेवाको सवैभन्दा बढी कारोबार गर्ने विक्रेताहरु र बढी बिल भुक्तानी गर्ने ग्राहकहरुलाई सम्मान गरेको हो ।

टेलिकमले संस्थागततर्फ सबैभन्दा बढी बिल भुक्तानी गर्नेमा जीएसएम पोष्टपेड अन्तरगत सूर्य नेपाल प्रालि, सीडीएमए पोष्टपेडमा कारागार कार्यालय चितवन, ल्यान्डलाइनमा ग्रान्डी इन्टरनेसनल हस्पिटल धापासी, एडीएसएलमा नापी कार्यालय डिल्लीबजार र वाइम्याक्समा सीई कन्स्ट्रक्सन प्रालि त्रिपुरेश्वरलाई सम्मान गरेको छ ।

यसैगरी, ब्यक्तिगत तर्फ सबैभन्दा बढी बिल भुक्तानी गर्ने जीएसएम पोष्टपेडमा साजनमान जोशी, सीडीएमए पोष्टपेडमा अशोकनाथ योगी, ल्यान्डलाइनमा रमेश सापकोटा, एडीएसएलमा राजेन्द्रसिंह भण्डारी र वाइम्याक्समा योजेन्द्र पुन सम्मानित भएका छन् ।

सो अवसरमा कम्पनीका रिचार्ज कार्ड तथा सिम कार्डको सबैभन्दा बढी कारोबार गर्ने ६ जना बिक्रेतालाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनमा भी कार्ड कन्सर्न, कन्टिनेन्टल मार्केटिङ प्रालि, सक्सेस युनाइटेड प्रालि, सनलाइट मल्टिपर्पोज प्रालि, त्रियोग स्टेशनरी सप्लायर्स र टकटाइम ट्रेडिङ प्रालि रहेका छन् ।

टेलिकमकोतर्फबाट उनीहरुलाई काठमाडौं क्षेत्रीय निर्देशनालयका निर्देशक श्यामप्रसाद शुक्ला अधिकारी, प्रमुख मानव संशाधन अधिकृत रविन्द्र झा, प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्यायले सम्मान गरेका हन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL