Logo

प्रिपेड प्रयोगकर्तालाई शनिवारदेखि फोरजी, बार्षिकोत्सवका अवसरमा छुटैछुट

प्रिपेड प्रयोगकर्तालाई शनिवारदेखि फोरजी, बार्षिकोत्सवका अवसरमा छुटैछुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमका प्रिपेड प्रयोगकर्ताले शनिवारदेखि फोरजी चलाउन पाउने भएका छन् । टेलिकमले आफ्नो बार्षिकोत्सवको अवसरमा प्रिपेडमा फोरजी सेवा उपलब्ध गराउन लागेको हो । हाल एनटिसीको फोरजी पोष्टपेड ग्राहकले मात्र चलाइरहेका छन् । टेलिकमले काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराउन लागेको टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

अन्य जिल्लामा पनि विस्तार गर्ने तयारी गरिएको उनले बताए । हाल टेलिकमले काठमाडौं तथा पोखराका केही क्षेत्रमा पोष्टपेडमा फोरजी सेवा उपलब्ध गराउँदै आएको छ । त्यस्तै निकट भविष्यमा आफ्नो सेवालाई अन्य क्षेत्रमा पनि विस्तार गर्ने भएको छ । जसअनुसार फोरजी उपलव्ध गराउने क्षेत्र बढाउन टेन्डरको तयारी भइरहेको अधिकारीले जानकारी दिए । ‘फोरजीलाई शुरुमा देशका प्रमुख शहरी क्षेत्र र विस्तारै देशभर लैजाने गरी तयारी गरेका छौं,’ उनले भने ।

टेलिकमले ३ लाख ५० हजार ग्राहकलाई फोरजी सेवा उपलब्ध गराउने लक्ष्य राखेपनि तत्कालका लागि १ लाख ६२ हजार ग्राहकले मात्र चलाउन सक्ने एक अध्ययन ले देखाएको छ । सिमकार्ड वितरणका आधारमा साढे ३ लाखले फोरजी सेवा प्रयोग गर्न सक्ने भएपनि त्यस्तो सेवा सपोर्ट गर्ने मोवाइल सेट छैन । अध्ययन अनुसार काठमाडौंमा १ लाख ५० हजार र पोखरामा २२ हजार जनाले मात्र फोरजी सेवा लिन सक्नेछन् ।

टेलिकमले फोरजी सञ्चालनका लागि ३ सय ८ ओटा विटिएस टावर थप गरेको थियो । त्यस्तै काठमाडौंमा ७९ ओटा विटिएस टावर थप गर्ने तयारी गरिएको अधिकारीले जानकारी दिए ।

टेलिकमले आफ्नो बार्षिकोत्सवको अवसरमा विभिन्न छुट योजना समेत ल्याउने तयारी थालेको छ । टेलिकमले आफ्नो सवै प्रकारका सेवामा छुट तथा उपहार योजना सञ्चालन गर्न लागेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL