Logo

७ इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज, सरकारलाई बुझाउन बाँकी रकम ३० दिनभित्र बुझाउन ताकेता

७ इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज, सरकारलाई बुझाउन बाँकी रकम ३० दिनभित्र बुझाउन ताकेता



काठमाडौं । शुक्रबार नेपालमा संचालनमा रहेका ७ इन्टरनेट सेवाप्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ । दूरसंचार नियमावली अनुसार सरकारलाई बुझाउनुपर्ने र तिर्नुपर्ने बक्यौता, नविकरण शुल्कलगायत नतिरेपछि ७ इमेलसहित इन्टरनेट सेवाको लाइसेन्स लिएका कम्पनीको अनुमतिपत्र विभिन्न मितिमा स्वतः रद्ध भएको हो ।

laxmi

यसरी लाइसेन्स रद्ध हुनेमा बशिष्ठ केबलनेट, इन्फोनेट, सिम्पल इन्टेलीजेन्स सिस्टम एण्ड टेक्नोलोजी प्रालि, एशिया नेट कम्युनिकेशन, फास्ट स्पिड लिंक प्रालि, यस नेपाल प्रालि र मिथिला डिजिटल नेपाल प्रालिको लाइसेन्स रद्ध भएको नेपाल दूरसंचार प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार यी कम्पनीहरुले प्राधिकरणलाई बुझाउनुपर्ने बाँकी बक्यौता र रकम आगामी ३० दिनभित्रै बुझाउन ताकेतासमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL