Logo

चौधरीको सिजी टेलिकमको लाइसेन्स खारेज

चौधरीको सिजी टेलिकमको लाइसेन्स खारेज



काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी टेलीकम्युनीकेशनको लाइसेन्स खारेज भएको छ । कम्पनीले सरकारलाई बुझाउनुपर्ने दस्तुर र निवेदन समयमै नबुझाएपछि कम्पनीको लाइसेन्स स्वतः खारेज भएको हो । कम्पनीले तत्कालीन एसटीएम टेलिकम प्रालिको नाममा २१ नोभेम्बर २००३ मा ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स पाएको थियो ।

laxmi

कम्पनीले आफ्नो लाइसेन्स २०८० मंसिर १६ भित्रमै नविकरण गरिसक्नुपर्ने थियो । तर कम्पनीले उक्त अवधिमा लाइसेन्सको नविकरण नगरेपछि त्यही बेलामा कम्पनीको लाइसेन्स स्वतः खारेज भईसकेको थियो । तर, प्राधिकरणले भने कम्पनीको लाइसेन्स खारेज भईसकेको ६ महिनापछि मात्रै सार्वजनिक सूचना जारी गर्दै कम्पनीको लाइसेन्स खारेज भएको जानकारी दिएको हो ।

कम्पनीको लाइसेन्स दूरसञ्चार ऐन २०५३ को दफा २५(५) अनुसार स्वतः खारेज भएको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL