Logo

युटिएलमा कार्यरत कर्मचारीहरु आन्दोलनमा, तलव बृद्धि र नियुक्तिपत्र पाउनुपर्ने माग

युटिएलमा कार्यरत कर्मचारीहरु आन्दोलनमा, तलव बृद्धि र नियुक्तिपत्र पाउनुपर्ने माग


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१४ पुस, काठमाडौं । युटिएलमा कार्यरत अखिल नेपाल संघसंस्था तथा बैंक वित्तीय श्रमिक संघले तलव बृद्धि, नियुक्तिपत्र जस्ता माग राख्दै आन्दोलनको घोषणा गरेको छ । युटिएलले सेवा शुरु गरेको १२ बर्ष बितिसक्दा पनि श्रमिक तथा कर्मचारीको हितमा कुनै काम नगरेको भन्दै आन्दोलन शुरु गरिएको संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

उनीहरुले आजदेखि २३ गतेसम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । जसमा कोषसभा गर्नेदेखि पेनडाउनसम्मका कार्यक्रमहरु रहेका छन् । उनीहरुले विभिन्न १४ वुँदे माग राखेका छन् ।

उनीहरुका मागहरु

लामो समयदेखि न्युनतम तलबमा परिमार्जन नभएको र महँगी दर प्रत्येक वर्ष बढिरहेकाले हाल कार्यरत सम्पूर्ण कर्मचारीको हकमा खाई पाई आएको तलबमा रु.१५ हजारका दरले प्रति महिना वृद्धि गर्नुपर्ने ।

हाल कार्यरत केही कर्मचारीले अहिलेसम्म पनि नियुक्ति पत्र नपाएकाले श्रम ऐन अनुसार २ सय ४० दिन भन्दा बढी समय काम गर्ने सम्पूर्ण कर्मचारीलाई तत्काल नियुक्ति पत्र प्रदान गर्नुपर्ने ।

व्यवस्थापनले सम्पूर्ण कामदार कर्मचारीहरुको सम्बन्धमा जस्तोसुकै निर्णय गर्दा पनि संगठनको प्रतिनिधित्व गराउनुपर्ने ।

सेवा अवधि, कार्यक्षमता र शैक्षिक योग्यताको आधारमा निश्चित सेवा अवधि पश्चात् वृत्ति विकासको लागि लगातार बढुवाको व्यवस्था हुनुपर्ने ।

श्रम ऐनले तोकेको समयभन्दा बढी समय कार्यालयमा काम गरेमा श्रम ऐन अनुसार ओभरटाइमको व्यवस्था हुनुपर्ने ।

अहिले कार्यरत कामदार कर्मचारीलाई सरुवा गर्नुपरेमा निजले नयाँ ठाउँमा गएर आवास, यातायात खर्च, इन्धन खर्च, कार्यालायको उचित व्यवस्था गर्नुपर्ने ।

हाल कार्यालयले दिईरहेको यातायात, दैनिकि तथा आवास भत्ता समय सापेक्ष नभएकाले परिमार्जन गर्नुपर्ने ।

राती कार्यरत कर्मचारीलाई कार्यालय ल्याउन तथा बिहान घर पु¥याउन यातायातको व्यवस्था गर्न गराउन र उनीहरुलाई खाना भत्ता वापत उचित रकमको व्यवस्था हुनुपर्ने ।

कामदार कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि नियमित रुपमा तालिमको व्यवस्था ।

कर्मचारी युनियनको लागि पूर्वाधार सु–सम्पन्न कोठाको व्यवस्था।

बिदा र कार्यालय समयको श्रम ऐन अनुसार व्यवस्था गरिनुपर्ने।

सम्पूर्ण कामदार कर्मचारीहरुको जीवन बीमा गर्नुपर्ने गरियोस् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL