Logo

फेसबुकका मार्क जुकरबर्गलाई एकैदिन १० खर्ब बढीको घाटा, डोनाल्ड ट्रम्प बने कारण

फेसबुकका मार्क जुकरबर्गलाई एकैदिन १० खर्ब बढीको घाटा, डोनाल्ड ट्रम्प बने कारण



काठमाडौं । विश्वको सबैभन्दा ठूलो सामाजिक मिडिया कम्पनी फेसबुकको मूल फर्म मेटा प्लेटफर्मको सेयरमा सोमबार भारी गिरावट आएको छ । यसको कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बयान थियो । राष्ट्रपतिको चुनाव लडिरहेका ट्रम्पले फेसबुकलाई जनताको शत्रु भनेका छन् । जसका कारण मेटा प्लेटफर्मको शेयर करिब ४.४२ प्रतिशतले घटेको छ ।

laxmi

यस गिरावटका कारण कम्पनीका संस्थापक तथा सीईओ मार्क जुकरबर्गको नेटवर्थमा पनि ठूलो गिरावट आएको छ । ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार सोमबार जुकरबर्गको कुल सम्पत्ति ७.८५ बिलियन डलर अर्थात् करिब १० खर्ब ४० अर्ब रुपैयाँले घटेको छ । जुकरबर्ग विश्वका चौथो धनी व्यक्ति हुन् जसको कुल सम्पत्ति १७४ बिलियन डलर छ । यो वर्ष उनको कुल सम्पत्ति सबैभन्दा बढी ४५.६ बिलियन डलरले बढेको छ ।

जनवरी २०२१ मा ट्रम्प चुनाव हारेपछि क्यापिटलमा हिंसा भड्किएपछि फेसबुकले ट्रम्पमाथि दुई वर्ष प्रतिबन्ध लगाएको थियो । फेसबुकले फेब्रुअरी २०२३ मा ट्रम्पको फेसबुक र इन्स्टाग्राम खाताहरू पुर्नस्थापित ग¥यो । ट्रम्पले एक अन्तर्वार्तामा भने, ‘मलाई लाग्छ फेसबुक इमान्दार छैन । मलाई लाग्छ फेसबुक देशको लागि धेरै खराब छ, विशेष गरी चुनावमा यसको भूमिका शंकास्पद छ । उनको भनाइका कारण सोमबार फेसबुकको सेयर पाँच प्रतिशतले घटेको हो । पछि त्यसमा केही सुधार भयो । यस गिरावटको कारण, मेटाको बजार पूंजी पनि १.२३२ ट्रिलियन डलरमा रह्यो । यो विश्वको सातौं सबैभन्दा मूल्यवान कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL