Logo

नेपाल टेलिकमको डाटा रोमिङ सस्तियो, २८ देशका पार्टनरहरुसँग सम्झौता

नेपाल टेलिकमको डाटा रोमिङ सस्तियो, २८ देशका पार्टनरहरुसँग सम्झौता



काठमाडौं । नेपाल टेलिकमले विदेशमा सिम प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि पहिले भन्दा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराएको बताएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरुसँग गरिएको सम्झौता अनुसार उक्त महशुल दरमा भारी कटौती भएको बताएको हो । यसले थप सस्तो दररेटमा नेपाल टेलिकमको सेवा सञ्चालन गरिएको टेलिकमले जानकारी दिएको छ ।

laxmi

यस अनुसार अब टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताहरुले विश्वमा रहेका २८ देशका रोमिङ पार्टनरहरुको नेटवर्कमा आवद्ध भई डाटा रोमिङ सेवा प्रयोग गर्दा सस्तो मूल्यमा डाटा सेवा उपलब्ध हुने प्रवक्ता हरि ढकालले जानकारी दिए ।

उनका अनुसार अब नेपाल टेलिकमकै पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रीस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध हुनेछ । त्यसैगरी मलेसिया, म्यानमार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेयिबा, सिंगापुर, श्रीलंका, स्विजरल्यान्ड, युएई, युके, युएसए र भियतनाममा समेत सस्तो दरमा डाटा रोमिङ सेवा प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL