Logo

‘डिजिटल साहुजी’को व्यावसायिक सेवा शुरु, स्थानीय प्रतिभा र उद्योगहरुलाई सवलीकरणमा योगदान गर्ने प्रतिबद्धता

‘डिजिटल साहुजी’को व्यावसायिक सेवा शुरु, स्थानीय प्रतिभा र उद्योगहरुलाई सवलीकरणमा योगदान गर्ने प्रतिबद्धता



काठमाडौं । नेपालको व्यावसायिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ स्थापना भएको इकमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’ सञ्चालनमा आएको छ । ‘मेक इन नेपाल’ इनिसिएटिभलाई सहयोग गर्दै स्थानीय प्रतिभा र उद्योगहरुलाई सवलीकरणमा योगदान गर्ने प्रतिबद्धतासहित कम्पनीले बिहीबारदेखि व्यावसायिक सेवा सञ्चालनमा ल्याएको हो ।

laxmi

‘डिजिटल साहुजी’को कर्पोरेट कार्यालय काठमाडौंको दरबारमार्गस्थित मायालु कम्प्लेक्समा रहेको छ । डिजिटल साहुजी नेपालमा विगत १७ वर्षयता क्वालिटी आईटी प्रडक्ट डेलिभरीका लागि लोकप्रिय रहेको स्काई टेक प्राइभेट लिमिटेडको भगिनी कम्पनीका रुपमा रहेको छ ।

‘डिजिटल साहुजी’ले व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी, व्यावसायिक ज्ञान र सीप सिकेर आफै व्यवसाय गर्न इच्छुक विद्यार्थी तथा विभिन्न किसिमका ग्राहकलाई सेवा दिने लक्ष्य राखेको छ । यसअनुसार कम्पनीले व्यवसाय गरिरहेकालाई उनीहरुको व्यवसाय डिजिटलाइजेसन गर्न र सहजै धेरै ग्राहकसम्म पुग्न मद्दत गर्ने, पसल तथा व्यवसायको चुस्त व्यवस्थापन गर्ने जनाएको छ ।

व्यवसायलाई सम्भावित जोखिमबाट सुरक्षित राख्ने र कम्पनीको समर्पित टिमबाट आवश्यक पर्दा तत्काल सहयोग गर्ने कार्यक्रममा जानकारी गराइएको छ । त्यस्तै विद्यार्थीहरुलाई सँगसँगै सिक्ने र कमाउने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । यसअनुसार कम्पनीले विद्यार्थी योजना ल्याएको छ । त्यसमा उनीहरुलाई प्राविधिक र व्यावसायिक तालिम प्रदान गरिने कम्पनीको भनाइ छ ।

कम्पनीले यस योजनामार्फत व्यावसायिक रुचि र सोच भएका विद्यार्थीलाई आफ्नो आधारभूत प्राविधिक र व्यावसायिक दक्षतायुक्त ज्ञान, सीप र तालिम प्रदान गर्नेछ । जसले उनीहरुलाई एकैसाथ सिक्ने र कमाउने बनाउनेछ । यस योजनामा आफ्नै व्यवसाय सुरु गर्ने सपना बुनेका विद्यार्थीलाई मार्गदर्शन र सहयोग गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL