Logo

नेपाल टेलिकमको विन्टर अफर, १०९ रुपैयाँमा ६ जीबी डाटा

नेपाल टेलिकमको विन्टर अफर, १०९ रुपैयाँमा ६ जीबी डाटा



काठमाडौं । नेपाल टेलिकमले चालु बर्षका लागि विन्टर अफर सार्वजनिक गरेको छ । कम्पनीले भोलि (२०८० पुस २७) देखि लागु हुने विभिन्न आकर्षक प्याकहरुसहित विन्टर अफर २०८० उपलब्ध गराउने भएको हो ।

laxmi

यस अघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाउँदै कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो । । यस अनुसार १ दिनको समयावधिका लागि १९ रुपैयाँमा ४ सय एमबी र ३३ रुपैयाँमा १ हजार २ सय एमबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी ७ दिनको समयावधिका लागि लागि १ सय ९ रुपैयाँमा ५ जीबी र २८ दिनको समयावधिका लागि २ सय ९८ रुपैयाँ मा ७ जीबी डाटा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनको समयावधिका लागि १ सय ९ रुपैयाँमा ६ जीबी डाटा तथा १ सय १३९ रुपैयाँमा ६ जीबी डाटा र १ सय ७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ । त्यसैगरी २ घण्टाको समयावधिका लागि ३५ रुपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ ।

यस अघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरु समेत उपलब्ध हुनेछ । त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रुपमा उपलब्ध हुनेछ ।

विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले एस्ट्रिकज्ञद्धज्ञछ८ज्ञ३ डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबससाइटमार्फत यस अफर सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL