Logo

चौधरीको सीजी टेलिकमको लाइसेन्स खारेज, अब के हुन्छ ?

चौधरीको सीजी टेलिकमको लाइसेन्स खारेज, अब के हुन्छ ?



काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी टेलिकमको अनुमतिपत्र (लाईसेन्स) खारेज भएको छ । आफ्नो लाइसेन्स समयमै नविकरण नगराएपछि कम्पनीले पाएको ग्रामिण दूरसंचार सेवाको लाईसेन्स स्वतः खारेज भएको हो ।

laxmi

दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ५ मा कुनै दूरसंचार सेवाप्रदायकले तोकिएको समयमा आफ्नो अनुमतिपत्र नविकरण नगराए स्वतः खारेज हुने व्यवस्था छ ।

ऐनमा कुनै दूरसंचार सेवाको लाइसेन्सको म्याद २५ बर्ष हुनेभएपनि पहिलोपटक भने १० बर्षको मात्रै हुनेछ । पहिलोपटक १० बर्षपछि पुनः नविकरण गराउनुपर्ने र बाँकी अवधिमा प्रत्येक ५–५ बर्षमा लाइसेन्स नविकरण गराउनुपर्ने व्यवस्था ऐनमै छ ।

यस अनुसार सीजीले हालसम्म तीनपटकसम्म आफ्नो ग्रामिण दूरसंचार सेवाको लाइसेन्स नविकरण गराएपनि चौथोपटकका लागि भने गएको मंसिर, १६ गतेसम्म नविकरण गराउनुपर्ने थियो । त्यसका लागि कम्पनीले प्राधिकरणसमक्ष तीन महिनाअघि नै नविकरणको निवेदन दिनुपर्नेमा नदिइकनै वस्दा ऐन अनुसार नै यसको लाईसेन्स स्वतः खारेज भएको प्राकिरण उच्च स्रोतले बतायो ।

सीजी टेलिकमले ग्रामिण भेगमा दूरसंचार सेवा उपलब्ध गराउने भन्दै २०६० मंसिर ५ गते प्राधिकरणबाट लाईसेन्स पाएको थियो ।

यसरी लाइसेन्स स्वतः खारेज भएपनि यसको ३५ दिनभित्र मन्त्रालयमा पुनरावेदनका लागि जान पाउने सुविधा भने बाँकी नै छ । अर्थात सीजी टेलिकम स्वतः लाईसेन्स खारेज भएको विरुद्ध संचार तथा सूचना प्रविधि मन्त्रालयमा पुनरावेदनमा जाउन पाउने व्यवस्था पनि ऐनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL