Logo

एनसेलको सेयर विक्री प्रकरणमा छानविन सुरु, सहयोग गर्न सर्वसाधारणलाई पनि आह्वान

एनसेलको सेयर विक्री प्रकरणमा छानविन सुरु, सहयोग गर्न सर्वसाधारणलाई पनि आह्वान



काठमाडौं । सरकारद्वारा गठित एनसेलको सेयर बिक्री अध्ययन तथा छानबिन समितिले काम सुरु गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै आईतबारदेखि नै काम सुरु गरेको बताएको हो ।

laxmi

मन्त्रिपरिषद्‍को मंसिर २१ को बैठकले एनसेनको सेयर बिक्रीको सम्बन्धमा प्रचलित नेपाल कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्नसक्ने असरलगायतका विषय अध्ययन तथा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्न पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो ।

संयोजक शर्माले प्रेस विज्ञप्ति जारी गरी अध्ययन तथा छानबिनका क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकाय, सरकारी अधिकारीहरु, सम्बन्धित सेवाप्रदायक कम्पनीसँग छलफल गर्ने, कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला संघसंस्था र व्यक्तिहरुसँग समेत आवश्कयताअनुसार छलफल गरी रायसुझाव प्राप्त गर्ने जानकारी दिएका छन् ।

समितिले एनसेलको सेयर खरिद(बिक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा अन्य यससँग सम्बन्धित प्रमाण भएमा समितिको आधिकारिक इमेल ठेगानामा वा समितिको सचिवालयमा उपलब्ध गराई अध्ययन तथा छानबिनमा सहयोग गर्न सम्बन्धित सरोकारवाला व्यक्ति, संस्था, सञ्चारकर्मी र नागरिकमा पनि आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL