Logo

एनसेलको प्राधिकरणलाई जवाफी पत्र, कागजात संकलनपछि स्वीकृतिका लागि निवेदन दिन्छौं

एनसेलको प्राधिकरणलाई जवाफी पत्र, कागजात संकलनपछि स्वीकृतिका लागि निवेदन दिन्छौं



काठमाडौं । एनसेल आजियाटाले नेपाल दूरसन्चार प्राधिकरणलाई जवाफी पत्र पठाउँदै कम्पनीको सेयर स्वामित्व खरिदविक्री भएको कागजात संकलन गरिरहेको बताएको छ । नेपाल दूरसंचार प्राधिकरणले गत शुक्रबार मात्रै एनसेललाई पत्र लेख्दै सेयर विक्री गर्नुपूर्व प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको जानकारी गराएको थियो । तर, एनसेलले त्यसको जवाफी पत्र लेख्दै हाल अजियाटा युके र स्पेक्ट्रलाईट युकेबीच भएको सम्झौताको कागजान संकलन गरेर सेयर खरिदविक्रीको स्वीकृति लिने बताएको हो ।

laxmi

‘दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशत भन्दा वढी सेयर खरिद वा विक्री गर्नु अघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तीले आफ्ना सेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था रहेको छ ।

आजिएटा ग्रुप बरहादले १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको सेयर करिब ६ अर्ब ६५ करोड ९५ करोड (अमेरिकी डलर)मा बिक्री गरेपछि विवाद हुँदै आएको छ । बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले आजियाटाको ८० प्रतिशत सेयर खरिद गर्ने सम्झौता भएको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL