Logo

टिकटकले सोध्यो : नेपालमा हामीलाई प्रतिवन्ध गर्नुको खास कारण के हो ?

टिकटकले सोध्यो : नेपालमा हामीलाई प्रतिवन्ध गर्नुको खास कारण के हो ?



काठमाडौं । छोटो भिडियो प्लेटफर्म टिकटकले नेपालमा यसलाई प्रतिवन्ध गर्नुको खास कारण मागेको छ । कार्तिक २७ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । सोही अनुसार दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले टिकटकलाई पत्र लेख्दै नेपालमा यसलाई प्रतिवन्ध गर्न आग्रह गरेको थियो ।

laxmi

यता प्राधिकरणले मन्त्रिपरिषदको निर्णय भएको भोलीपल्टै नेपालमा संचालित आइएसपीहरुलाई पत्र लेख्दै टिकटक नचल्ने बनाउने निर्देसनसमेत दिएको थियो । सोही कुरालाई ध्यानमा राख्दै टिकटकले नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको नाममा पत्र लेख्दै यसको जवाफ मागेको हो ।

आफ्नो पत्रमा टिकटकले नेपालमा साईबर सुरक्षाको भरपुर सुविधा उपलब्ध गराउँदा गराउँदै, कर तिर्न राजी हुँदा हुँदै र अनावश्यक सामग्री डिलेट गर्दागर्दै पनि टिकटक बन्द गर्नु अच्चम्म भएको जानकारी दिएको छ ।

पछिल्लो बर्ष मात्रै टिकटक नेपालमा डिजिटल ट्याक्स पेयरमा दर्ता भएको, नेपाली प्रयोगकर्ताले अपलोड गरेको लाखौं अनावश्यक सामग्री डिलेट गरिदिएकोलगायतका कुराहरु आफ्नो पत्रमा टिकटकले उल्लेख गरेको छ । तर, विना कारण नै नेपालमा यसमाथी प्रतिवन्ध लाग्नुले कम्पनी अच्चम्ममा परेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL