Logo

टप फाइब मोबाइलको क्रिशमस अफर, ३० प्रतिशत छुट

टप फाइब मोबाइलको क्रिशमस अफर, ३० प्रतिशत छुट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

९ पुस, काठमाडौं । टप फाइब मोबाइल्स प्रालिले क्रिशमसको साथै अंग्रेजी नयाँ बर्षको अवसरमा बिशेष छुट र हातखाली नजाने अफर ल्याएको छ ।
न्युरोडको ताम्राकार कम्प्लेक्समा रहेको सोनीइरिक्सनको सर्भिस सेन्टरबाट टप फाइव मोबाइल्सले केहि मोडलहरुमा ३० प्रतिशत सम्म छुटको ब्यबस्था गरेको प्रेस– विज्ञप्तीमा उल्लेख छ ।

 

हात खाली नजाने उपहारको योजना अन्तर्गत १ सय ५० रुपैयाँ देखि १० हजार ५ सय रुपैयाँ सम्मका उपहार राखेको टप फाइब मोबाइल्स प्रालिका प्रबन्ध निर्देशक संगम राइले जानकारी दिए । यो योजना सँगै टप फाइवले एक्सचेन्ज अफरको योजना पनि ल्याएको प्रबन्धक राइले बताए ।

सोनी कम्पनीको जेड अल्ट्रा, सोनीको जेड ३, सामासुङ अल्फा, सामसुङ नोट ४,  एक्सपेरिया इ, एलजीको इ ४०० र एल वान डि वान र जिप्रोलाइट, हुआवे,  बिक्यु,  कलर्स, कार्बन, जियोनी, लाभा, इन्टेक्स, अल्काटेलका  बिभिन्न मोडलहरु अफर अन्तर्गत बिशेष छुटमा ३० प्रतिशत सम्म छुटको ब्यबस्था मिलाइएको टप फाइव मोवाइल्सकी मार्केटिङ मेनेजर समा श्रेष्ठले जानकारी दिइन ।

यो योजना ताम्राकार कम्प्लेक्सस्थित टप फाइब मोबाइल्स पसल नं १२, सिटिभी मोबाइल र चाबहिल केएल टावरस्थित पसल नं एफ २८ मा रहेको सिटिभी लिंक इलोक्ट्रोनिक्समा मोबाइल खरिद गर्नुपर्नेछ । क्रिशमसको अबसर पारी ल्याइएको यो योजना अंग्रेजी नयाँ बर्ष सम्म लागु हुने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL