Logo

ट्रेकिङ इन नेपाल एप्स सार्वजनिक, पदयात्रामा पर्यटकको गाइड बन्ने दावी

ट्रेकिङ इन नेपाल एप्स सार्वजनिक, पदयात्रामा पर्यटकको गाइड बन्ने दावी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हनी गाइडको ‘ट्रेकिङ इन नेपाल’ मोवाइल एप्स सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरिएको सो मोवाइल एप्सले पदयात्रा गर्ने पर्यटकलाई सुरक्षित राख्ने बताइएको छ ।

सो एप्सले सो मार्गका गाउँ ठाउँ र त्यहाँ पाइने प्राकृतिक तथा मानवनिर्मित सवै आकर्षणहरुबारे पदयात्रीलाई सूचना दिन्छ । यो एप्समा बाटो विराएमा चेतावनी दिने डेभिएसन अलर्ट छ ।

त्यस्तै अर्को हिमपहिरो चेतावनी (अभालान्चे अलर्ट) पनि छन् । यसले अझै पदयात्रीहरुलाई सुरक्षित राख्ने बताइएको छ । सो एप्सले बाटो विराएको केही मिनेटमै चेतावनी दिन्छ । त्यस्तै हिमपहिरो आउने उच्च सम्भावना भएको स्थानमा पनि यसले चेतावनी दिने ।

अन्य रमाइला र सूचनात्मक सुविधाहरु छन् । यसमा भएको प्लेसकार्ड सुविधाले पर्यटकलाई गुम्वा,डाँफे,कस्तुरी, लालिगुराँसलगायतको आकर्षणबारे जानकारी गराउछ । यसले ती सवै चीजको स्थानीय समाज र संस्कृतिसँग रहेको सम्वन्ध र महत्व पनि बुझाउँछ । यात्राका क्रममा डाँफे, लालिगुराँस देखिने ठाउँमा मात्र त्यसको बारेमा जानकारी दिन्छ ।

यसले कुनै प्राकृतिक प्रकोप पछि भएको परिवर्तनबारे तुरुन्तै सूचना पनि दिन सक्छ । त्यस्तै यसमा माउन्टेन फाइन्ड सुविधा पनि छ , जसले साना ठूला हिमालको नाम र उचाइ चित्रबाट बताउँछ । पदमार्गमा भएको लजको सूचना,सम्पर्क नम्बर र नक्सामा सो लजहरुको स्थान पनि बताइन्छ ।

यो एप्स एक पटक डाउनलोड गरेपछि इन्टरनेट नभएको अवस्थामा पनि चल्छ । सो एप्सको प्रभाव पर्यटनमा मात्र नभइ बाहिर पनि पर्ने हनिगाइडका एक संस्थापक अभिषेक पाण्डेले बताए । आइतवारदेखि नै सो एप्स एण्ड्रोइड र आइफोन मोवाइलहरुमा उपलब्ध छ ।

पदमार्ग यात्रा गर्न लाग्ने समय अनुसार यसको मूल्य तोकिएको छ । सगरमाथा बेसक्याम्प पदमार्गको मूल्य अमेरिकी डलर १४ दशमलव ९९ र अन्नपूर्ण बेसक्याम्पका लागि ९ दशमलव ९९ डलर तोकिएको छ । हाललाई घोरेपानी पुन हिल पदमार्गलाई नि:शुल्क गरिएको छ । पछि सो पदमार्गका लागि ३ दशमलव ९९ राख्ने बताइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL