Logo

एनसेलले भित्र्यायो आईफोन ६, ६ प्लस, तीन बैंकबाट सरल किस्ताबन्दी

एनसेलले भित्र्यायो आईफोन ६, ६ प्लस, तीन बैंकबाट सरल किस्ताबन्दी


रामराजा श्रेष्ठ
27
Shares

बिखबवर संवाददाता ।

एनसेलले आफ्ना ग्राहकका लागि आईफोन ६ र आईफोन ६ प्लस लगायतएप्पलका प्रिमियम मोवाइल सेटहरु नेपाली बजारमा भित्र्याएको छ ।

कम्पनीले एनसेलको सिमतथा डेटा अफरसँग बन्डल गरेर आईफोन ६ र आईफोन ६ प्लसका १६ जी.बी., ६४ जी.बी. र १२८ जी.बी.का तिन फरक मोडलहरु एक कार्यक्रम माँझ शुक्रवार सार्वजनीक गरेको हो ।

‘आफ्ना ग्राहकका लागिडेटा बन्डलसँगै एप्पलका प्रिमियम ब्राण्ड आईफोन नेपालमै पहिलो पटक सार्वजनिकगर्न पाउँदा हामी हर्षित छौं,’ एनसेलकीकर्पोरेट कम्यूनिकेसन्स निर्देशक सञ्जु कोइरालाले भनिन््,’ ‘नेपाली तथा अन्तर्राष्ट्रिय टप ब्राण्ड बीचको यो सहकार्यले हाम्रा ग्राहकका लागि विशेष मूल्य श्रृजनागर्ने विश्वास छ ’

nc2

बन्डल अफरअन्तर्गत एनसेलले आईफोन ६ र आईफोन ६ प्लसका सेट खरिद गर्ने ग्राहकलाई सिमसँगै ६ महिनासम्मप्रत्येक महिना १ जी.बी. डेटा निःशुल्कउपलब्ध गराएको छ ।

ग्राहकले हालआईफोन ६ को १६ जी.बी. सेट रु ८३,९९९ मा, ६४ जी.बी. सेट रु ९४,४९९ मा र १२८ जी.बी. सेट रु १०७,९९९ माखरिद गर्न सक्छन् । साथै आईफोन ६ प्लसको १६ जी.बी. सेट रु ९४,४९९ मा, ६४ जी.बी. सेट रु १०७,९९९ मा र १२८ जी.बी. सेट रु १२०,९९९ माखरिद गर्न सक्छन् । सेटको मूल्य अमेरिकी डलरको परिवत्र्य दर अनुसार फरक पर्न सक्नेछ ।

ग्राहकले नेपाल ईन्भेष्टमेन्ट बैंक, हिमालय बैंक र नबिल बैंकको सहजकिस्तामापनिसेट खरिद गर्न सक्छन् । ‘एप्पलले नेपालमै पहिलो पटक आधिकारीक रुपमा आफ्ना सेटहरु भित्र्याएकोले ग्राहकले अब विक्री पश्चातका सेवा तथा एप्पलको विश्वव्यापी वारेन्टिको लाभप्राप्तगर्नेछन् ।’ एनसेलका बिटुबि निर्देशक प्रणय राज पाण्डेले भने ।

nc3

एनसेलकाग्राहकले एनसेलको डेटा बन्डल अफर रहेका यि आईफोनकासेट कृष्ण टावर, दरवारमार्ग, महाराजगञ्ज, कुमारीपाटी, चावहिल, कलंकी र वनेपालगायतका सात एनसेल सेन्टरबाट खरिद गर्न सक्नेछन् । एनसेलको नम्बर प्रयोग गरिरहेका ग्राहकले यि सेटहरु खरिद गर्दा प्राप्तहुने डेटा अफर एनसेल सेन्टरबाट आफ्नै विद्यमान नम्बरमा पनि प्राप्तगर्न सक्छन् ।

एनसेलको कृष्ण टावरस्थित एनसेल सेन्टरबाट आईफोन ६ प्लस खरिद गर्दा तिनकुनेका प्रकुलकुमार नेपालमै पहिलो आधिकारीक आईफोनका ग्राहक भएका छन् । उनी तथा नयाँ वानेश्वरका विशाल कार्की (दोस्रो आईफोन ६ प्लसखरिदकर्ता) लाई सेन्टरमै आयोजीत एक कार्यक्रममा एनसेलकी ग्राहक सम्बन्ध निर्देशक सोमाथापाले आईफोन ६ प्लस सेट हस्तान्तरण गरिन् । साथै एनसेलले आफ्ना कर्पोरेट ग्राहकका लागि एक कार्यक्रमबीच आईफोन सेटहरु सार्वजनिक गरेको थियो ।

साँझमाभएको कार्यक्रममाग्राहकले एक्सपिरिएन्स जोनमाआईफोनकाविभिन्न सेटमा एनसेलको सेवाको अनुभवलिँदै नजीकैको सेल्स जोनबाट सेट खरिद गरेका थिए । यो सुविधा बन्डलअफर अर्को सूचना नआउन्जेल जारी रहने एनसेलले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL