Logo

भारत र थाइल्याण्डका लागि रोमिङ शुल्क घट्यो, अब भारतमा प्रतिमिनेट ७ रुपैयाँमै कुरा गर्न पाईने

भारत र थाइल्याण्डका लागि रोमिङ शुल्क घट्यो, अब भारतमा प्रतिमिनेट ७ रुपैयाँमै कुरा गर्न पाईने



काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको शुल्क घटाउने भएको छ । कम्पनीले नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोगकर्ताका लागि आइटीयु डे का अवसरमा बुधबारदेखि लागु हुनेगरी रोमिङ शुल्क घटाउने भएको हो ।

laxmi

नयाँ दर अनुसार भारतमा नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रति मिनेट ७ रुपैयाँ मात्र शुल्क लाग्ने छ । त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रति मिनेट ७ रुपैयाँ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस ७ रुपैयाँ लाग्ने टेलिकमले जानकारी दिएको छ ।

हाल भारतको कुनै नम्बरमा कल गर्दा ३० रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा १४ रुपैयाँ र एसएमएस गर्दा २४ रुपैयाँ लाग्ने व्यवस्था छ ।

त्यसैगरी थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रति मिनेट ५० रुपेयाँ मात्र लाग्ने छ । त्यसैगरी आएको कल उठाउँदा प्रति मिनेट २५ र एसएमएस गर्दा प्रति एसएमएस १० रुपैयाँ लाग्ने छ ।

हाल थाईल्याण्डमा कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट १ सय ३५ रुपैयाँ र अन्य नम्बरबाट आएको कल उठाउँदा ९० रुपैयाँ लाग्ने व्यवस्था छ । एसएमएस गर्दा प्रति एसएमएस ३४ रुपैयाँ लाग्छ ।

त्यसैगरी डाटा चलाउँदा हाल प्रति एमबी ४० रुपैयाँ शुल्क भएकोमा अब प्रति १०० केबी ०.४९ पैसा मात्र लाग्ने छ । यस अनुसार प्रति एमबी करिव ५ मात्र लाग्ने टेलिकमले जानकारी दिएको छ ।

अन्य देशमा जाँदा÷रहँदा समेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो । यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी कल गर्न र फोन उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस आदानप्रदान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL