Logo

नेपाल टेलिकमको नयाँ बर्ष अफर : ९८ रुपैयाँमा ६ जीबी डाटा उपलब्ध हुने

नेपाल टेलिकमको नयाँ बर्ष अफर : ९८ रुपैयाँमा ६ जीबी डाटा उपलब्ध हुने



काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि नयाँ वर्ष २०८० अफर उपलब्ध गराउने भएको छ । कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । उक्त अफरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने छ ।

laxmi

कम्पनीले ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १ सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने छ ।

यसैगरी डाटा प्याकेज अन्तर्गत ९८ रुपैयाँमा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, १ सय ९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २ सय ९४ रुपैयाँमा मा १० दिन चलाउन सकिने २० जीबी डाटा र ३ सय ९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध गराउने छ ।

त्यसैगरी एमपोस र फिजिकल रिचार्जबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराउने छ । यस अनुसार २ सय रुपैयाँदेखि ४ सय ९९ रुपैयाँ सम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी ५ सय र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ ।

नेपाल टेलिकमले उपलब्ध गराउने सो अफर भोलि बिहीबारदेखि आगामी २०८० बैशाख ६ गतेसम्म प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकले प्याकेज खरिद गर्दा लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL