Logo

नेपाल टेलिकमको स्प्रिङ अफर : अब बार्षिक ६ हजारमै इन्टरनेट

नेपाल टेलिकमको स्प्रिङ अफर : अब बार्षिक ६ हजारमै इन्टरनेट



काठमाडौं । नेपाल टेलिकमले चैत २९ गतेदेखि ३ महिनाको लागि स्प्रिङ अफरको रुपमा विभिन्न अफरहरु उपलब्ध गराउने भएको छ । मंगलबार एक विज्ञपित जारी गर्दै टेलिकमले यसको जानकारी गराएको हो ।

laxmi

कम्पनीको उक्त अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको छ । यस अनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक ८ हजार रुपैयाँमामा उपलब्ध हुनेछ । पहिले देखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक ६ हजार रुपैयाँमा उपलब्ध गराइने छ ।

साथै, कम्पनीले १ वर्षे प्याकेज तथा आइपिटिभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबिपिएस स्पिडलाई बढाएर ३० एमबिपिएस बनाइएको छ ।

यस्तै एनटीटीभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजार रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइने छ ।

यस अलावा विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सीयूजी प्याक, पोस्टपेड प्याक लगायतका अन्य प्याकलाई निरन्तरता दिइएको छ । सजिलो अनलिमिटेड प्रिपेड प्याकेजमा दैनिक रुपमा प्राप्त डाटा खपत भएपश्चातको डाटा थ्रोटिङ स्पिडमा बढोत्तरी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL