Logo

कर्मचारीलाई ट्विटरका मालिक मस्कले भने : अफिस सोमबारसम्मका लागि बन्द हुनेछ

कर्मचारीलाई ट्विटरका मालिक मस्कले भने : अफिस सोमबारसम्मका लागि बन्द हुनेछ



काठमाडौं । ट्विटरका मालिक एलोन मस्कले आफ्ना कर्मचारीहरुलाई आगामी हप्ता सोमबारसम्मका लागि ट्टिरको कार्यालय बन्द भएको जानकारी दिएका छन् । पछिल्लो समय कर्मचारीहरुप्रति कडा रुपमा उत्रिएका उनले शुक्रबार सबैलाई सन्देश पठाउँदै सोमबारसम्मका लागि कार्यालय बन्द भएको र त्यसपछि पुनः खुल्ने बताएका हुन् ।

laxmi

केहि दिन अघि उनले कर्मचारीहरुलाई कि कडा काम गर्ने नत्र कार्यालयबाट बिदा लिन आग्रह गरेका थिए । सोही अनुसार भटाभट कर्मचारीहरु ट्विटरको काम छोडेर बाहिरिँदै थिए ।

कम्पनीले चाँडै ५० प्रतिशत कर्मचारी कटौति गर्ने बताएको छ । त्यसका लागि कम्पनीमा बस्न चाहने कर्मचारीले कम्पनीको बाचापत्रमा हस्ताक्षर गर्नुपर्ने, हस्ताक्षर नगर्नेलाई ३ महिनाको समयावधि दिनेलगायतका घोषणा गरेको छ । कम्पनीको निर्णय नमान्नेहरु स्वतः काम छोडेर बाहिरिँदैछन् ।

यस्तै ट्विटरले कर्मचारीहरुलाई पठाएको सन्देशमा कार्यालय बाहिर वा मिडियाहरुमा ट्टिरका कुराहरु छरपष्ट नगर्न पनि आग्रह गरेको छ । कम्पनीले भनेको छ, ‘ट्विटरको गोपनियता अझै सुरक्षित राख्नुहोला, मिडियालगायतमा कुरा बक्नुको सट्टा कम्पनीको नीतिमा ध्यान दिनुहोला ।’

प्रतिक्रिया दिनुहोस्
MBL