Logo

कनेक्ट आइपीएसको विन्टर अफर : इन्टरनेटको शुल्क तिर्दा निशुल्क सब्स्क्रीप्सन पाइने

कनेक्ट आइपीएसको विन्टर अफर : इन्टरनेटको शुल्क तिर्दा निशुल्क सब्स्क्रीप्सन पाइने



काठमाडौं । कनेक्ट आइपीएसले विन्टर अफर सार्वजनिक गरेको छ । संस्थाले बुधबार बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्नका लागि भन्दै उक्त अफर सार्वजनिक गरेको हो । उक्त अफर अन्तर्गत मङ्सिर १ गते देखि माघ २९ गते सम्म प्रयोगकर्ताहरुले कनेक्ट आइपीएसमा रजिष्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदाहरु प्राप्त गर्न सक्नेछन् ।

laxmi

बैंकका ग्राहकहरुले कनेक्ट आइपीएसमा नयाँ युजर बनाउँदा आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बरमा २५ रुपैयाँको रिचार्ज प्राप्त गर्न सक्नेछन् । यस्तै नयाँ युजरले पहिलो पटल मोबाइल रिचार्ज वा बिजुलीको बिल भुक्तानी गर्दा खातामै २५ रुपैयाँ क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन् ।

त्यसै गरी कनेक्ट आइपीएस प्रयोगकर्ताले इन्टरनेटको बिल भुक्तानी गर्दा १ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् भने हरेक महिना ५ भाग्यशाली विजेताले निःशुल्क वार्षिक सब्स्क्रीप्सन (अधिकतम १५ हजार रुपैयाँसम्म) समेत प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL