GBIME

नेपाल टेलिकमको संविधान दिवस अफर, ९८ रुपैयाँमा ६ जीबी डाटा


बिजखबर संवाददाता
18 September, 2022 3:54 pm

nepal-telecom-building

काठमाडौं । असोज ३ गते सोमबार मनाइने संविधान दिवस ­२०७९ को अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराईरहेको छ । कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको हो । उक्त अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुने बताईएको छ ।

NABIL
lAXMI_BANK

अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिने छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने १ एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ ।

यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा २ सय ९४ रुपैयाँमा खरिद गर्न सकिने छ । असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट स्टार १४१५ह्यास डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL