Logo

विश्वकै सानो इलेक्ट्रिक भेहिकल चार्जर ईओ मिनी नेपालमा, मूल्य ८५ हजार

विश्वकै सानो इलेक्ट्रिक भेहिकल चार्जर ईओ मिनी नेपालमा, मूल्य ८५ हजार



काठमाडौँ । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा लिमिटेडले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ ।

laxmi

ईओ चार्जिङ (ईओ) ब्रिटिश प्रदायकको बिजुलीबाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो । ईओको प्रविधि विश्वका ठूला व्यवसायहरूले प्रयोग गर्दै आएका छन् भने यो विश्वभर ३५ भन्दा बढी देशहरूमा वितरण भएको छ । यस कम्पनीले मर्सिडीज बेन्जजस्ता धेरै निर्माताहरूसँग चार्जिङ पार्टनरको रूपमा साझेदारी पनि गर्दै आएको छ । डिसेम्बर २०२१ मा ईओ ले यूके, आयरल्याण्ड लगायतमा ६०,००० ओटा चार्ज पोइन्टहरु स्थापित गरेको थियो।

ईओ मिनी तपाईको घरको पावर इनपुट जडानको आधारमा ६ एम्पीयरदेखि देखि ३२ एम्पीयरसम्म समायोजन गर्न सकिन्छ । कम्प्याक्ट चार्जर १ वर्षको वारेन्टीको साथ आउँछ र यसको मूल्य ८५,००० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL