Logo

चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरू

चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरू



काठमाडौं । चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार आइएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उद्घाटन गरेका हुन् ।
यस सेवा मार्फत चन्द्रागिरि नगरबासीहरुले घर–बहाल कर, सम्पत्ति कर तथा व्यवसायिक कर सजिलै अनलाईनमा आइएमई पे मार्फत तिर्न सक्नेछन् ।

laxmi

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई डिजिटल सोलुशनका नि. प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले स्थानीय तहको सरकारसँग जोडिएर डिजीटाइजेशनलाई प्रवद्र्घन गर्न पाउनु आफु र आफु सम्बद्ध कम्पनीका लागि एक उपलब्धि रहेको विश्वास व्यक्त गरे । नगरबासीहरुलाई राजस्व कर तिर्न अझै सहज हुने बताउँदै अधिकृत भट्टराइले आगामी दिनमा चन्द्रागिरि नगरपालिकासँगको सहकार्य अझै बढ्दै जाने विश्वास व्यक्त गरे ।

प्रयोगकर्ताहरुले आइएमई पे एपको होम पेजमा रहेको ‘गभरमेन्ट’ मा गइ ‘लोकल गभरमेन्ट’ रोजी ‘चन्द्रागिरि नगरपालिका’ मार्फत आफ्नो कर तिर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL