Logo

नमस्ते पे मा लोयल्टी पोईन्ट्स प्रणाली को सुरुवात, खर्च गरेअनुसार पोइन्ट पाइने

नमस्ते पे मा लोयल्टी पोईन्ट्स प्रणाली को सुरुवात, खर्च गरेअनुसार पोइन्ट पाइने



काठमाडौं । नमस्ते पे ले आफ्नो एपमा लोयल्टी कार्यक्रम ल्याएको छ । कम्पनीले आफ्ना प्रयोगकर्ताहरूलाई नमस्ते पे का विभिन्न सेवाहरू प्रयोग गर्न थप उत्प्रेरित गराउने गरी लोयल्टी पोइन्ट प्रणाली सार्वजनिक गरेको हो । कुनै प्रयोगकर्ताले नपस्ते पे एप प्रयोग गर्दा खर्च गर्ने रकममा आधारित उक्त कार्यक्रम अन्तर्गत १ सय रुपैयाँको खर्चमा, २ एनपी पोइन्ट्स पाईनेछ । यस्तो प्रत्येक ८ एनपी पोन्ट्सको मूल्य बराबर १ रुपैयाँ हुनेछ ।

laxmi

सेवाहरूको प्रयोग गरेको अनुपातमा, प्रयोगकर्ताहरूले एनपी पोइन्ट्स सङ्कलन गर्न सक्नेछन्, र नमस्ते पेमा उपलब्ध लोयल्टी पोईन्ट्स आकर्षक प्रस्तावहरू समावेश छन् जस्तै एनपी कोइन्स प्रयोग गरी विभिन्न भ्वाइस र डेटा प्याकहरू र टपअप रिडिम गर्न सक्ने , विभिन्न कुपन र अनलाइन शपिङ भाउचरहरू जित्ने मौका, विशेष अवसरहरूमा प्रयोगकर्ताहरूले एनपी पोइन्टहरूलाई नमस्ते पैसा वालेट ब्यालेन्सको रूपमा रूपान्तरण गर्न सक्ने, एयरलाइन्स टिकटहरूरहोटलहरूरट्रिपहरू र थप डिजाइन गरिएका अभियानहरूमा समेत प्रयोगकर्ताहरूले एनपी पोइन्ट्स रिडिम पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL