Logo

एनसेल एप क्याम्पको अन्तिम प्रतिस्पर्धा सुरु, विजेतालाई अन्तरराष्ट्रिय प्रतिस्पर्धामा सहभागी गराइने

एनसेल एप क्याम्पको अन्तिम प्रतिस्पर्धा सुरु, विजेतालाई अन्तरराष्ट्रिय प्रतिस्पर्धामा सहभागी गराइने


रामराजा श्रेष्ठ
0
Shares

बिवखबर संवाददाता ।

एनसेल एप क्याम्पका उत्कृष्ट २४ समूहहरुलाई आगामी २५ गते हुने अन्तिम प्रतिस्पर्धाको तयारी गर्न सहयोग पुर्याउने उद्देश्य अनुरुप एनसेलले मंगलबार एक कार्यक्रम आयोजना गरको छ । जसबाट एप व्यवसायको दीगोपन, बजारीकरण र मोवाइल प्रविधिको बढ्दो उपयोगिताबारे प्रतिस्पर्धी समूह र राष्ट्रिय तथा अन्तरराष्ट्रिय वक्ताहरुबीच अन्तक्र्रिया गराएको थियो ।

सोल्टी होटलमा मंगलबार सुरु भएको तीन दिने कार्यक्रमको अन्तिम दिन प्रतिस्पर्धी समूहहरुले आफ्नो एपको नमुना प्रदर्शन गर्दै त्यसको व्यवसायिक योजना प्रस्तुत गर्नेछन् । त्यसका लागि उनीहरुलाई ५ मिनेट अवधारणा प्रस्तुति र थप ३ मिनेट एपको नमुना प्रदर्शनका लागि दिइनेछ ।

कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै एप क्याम्प लिथुयनियाका कार्यकारी प्रमुख तथा मोबोफ्रीडटकमका सहसंस्थापक टोमस मार्टुनसले नयाँ व्यवसायको दीगोपनबारे बताएका थिए । कुनै पनि नयाँ व्यवसायलाई पहिलो ३ महिना टिक्न धेरै कसरत गर्नुपर्ने भन्दै मार्टुनसले त्यस्तो अवस्थाबाट आफ्नो व्यवसायलाई पार लगाउन साथी, परिवार र कम सचेत लगानीकर्ताहरुको साथ खोज्न सल्लाह दिएका छन् । उद्यमशीलताका फाइदा र बेफाइदाबारे चर्चा गर्दै उनले उद्यमीले आफ्नो व्यवसाय सञ्चालन गर्दा सबै कुरामा आफ्नै नियन्त्रण हुने भए पनि पैसा र समयको अभावले तनाव बढाउने बताए । मार्टुनसले नयाँ एप निर्माताहरुलाई बजारमा प्रतिस्पर्धी हनुे एप बनाउन सुझाव दिएका छन् ।

ncell1

त्यसैगरी मोवाइल एप्लिकेसनको सम्भावनाहरुबारे छलफल गर्दै मोवाइलसम्बन्धी परामर्शदाता टमी अहोनेनले अहिले सबैजसो व्यवसायले मोवाइल प्रविधिको उच्चतम प्रयोग गर्न थालेको जनकारी दिए । ‘मोवाइल प्रविधि कृषि, पर्यटनदेखि अन्य सबै खालको व्यवसायमा प्रयोग भइरहेको छ,’ उनले भने, ‘विकास र पहुँचका आधारमा मोवाइल जस्तो अरु कुनै प्रविधि वा उद्योग अघि बढेको छेन ।’ साथ, मोवाइल प्रविधि विश्वव्यापी रुपमा शक्तिशाली औजारको रुपमा प्रयोग भइरहेको समेत उनको भनाइ थियो ।

कार्यक्रमका अर्का वक्ता मनास्लु सफ्टवेयरका निर्देशक करुण थापाले मोवाइल एपको बजारीकरण गर्दा निर्माताहरुलाई बजारको आवश्यक अध्ययन गर्न र प्रतिस्पर्धा विश्लेषण गर्न सुझाव दिए । एपमा छानिएका विशेषताहरु बजारमा छुट्टै पहिचान पाउनु पर्ने उनको भनाइ थियो ।    मंसिर १६ गते प्रत्येक विषयगत क्षेत्रका तीन जना समस्य रहेको निर्णायक मण्डलले एपले समाधान गर्ने समस्या, विश्वव्यापी पहुँचको संभावना, व्यावसायिक नमुना र प्रस्तुतीकरण गरी पाँच वटा आधारमा १ सय ५० समूहमध्ये उत्कृष्ट २४ समूह छनोट गरेका थिए । छानिएका प्रतिस्पर्धीहरुलाई बधाई दिँदै एनसेलका कार्यकारी प्रमुख एरिम टायलेनलरले अन्तिम प्रतिस्पर्धासम्म पुग्ने एपबारे जान्न उत्साहित रहेको बताए ।

यसैगरी मंसिर २४ गते सहभागीहरुले विषयगत क्षेत्रका विशेषज्ञहरुबाट आवश्यक प्रशिक्षण लिन सक्नेछन् । प्रतिस्पर्धाको अन्तिम दिन सम्मै प्रतिस्पर्धीहरुले आफ्नो एप निर्माणमा काम गरिरहेका हुनेछन् र आवश्यक परे सम्बन्धित प्रशिक्षकबाट सहयोग लिन सक्नेछन् ।

प्रत्येक विषयगत विजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने समग्र विजेताले थप ५ लाख रुपैयाँ नगद पुरस्कार सहित अन्तराष्ट्रिय एप सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् । सर्वाधिक अंक हासिल गरी छनोट भएका ६ समूहरुमा कृषितर्फ केयर क्रप, क्रिएटिभ माइन्ड, क्रिएटु डेभलपर वान, आइसिटी फर एग्रिकल्चर, साथी र दि रिभोलुसन रहेका छन् । कर्पोरेट सोलुसन्सतर्फ एप्स झोला, क्याबी, ड्रुपार्टमेन्ट, इगल स्कुल बस, क्यूओडी र सेन्टीनेप रहेका छन् ।

त्यसैगरी शिक्षा क्षेत्रबाट छानिएका समूहमा मेरो एन्सर, ग्रुप अफ इनोभेटिभ डेभलपर, लिएजिज, रीति रिवाज, स्पेशल फोर्सेस् र टिम जेभिरियन छन् । त्यसैगरी पर्यटन क्षेत्रतर्फ हायर ए गाइड, होमस्टे नेपाल, नेपफ्लाइटस्, टिम एल्लो नेपाल, टुरिष्ट टक र लिपी (स्क्रीप्ट) छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL